२०८३, २९ भाद्र मंगलबार

पाँचखालमा नागारिकको हुंकार ‘मुकेशको अस्फाल्ट ब्याच मिक्स प्लान्ट ’ विरुद्ध चर्कियो विरोध

पाँचखालमा नागारिकको हुंकार ‘मुकेशको अस्फाल्ट ब्याच मिक्स प्लान्ट ’ विरुद्ध चर्कियो विरोध

“हामीलाई रोजगारी होइन, शुद्ध हावा चाहिन्छ,”


पाँचखाल । पाँचखाल नगरपालिका–८ होक्सेमा वातावरणीय मूल्याङ्कनबिनै जबर्जस्ती अस्फाल्ट ब्याच मिक्स प्लान्ट स्थापना गर्न खोजिएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । स्थानीय नागरिकका सहमति नलिइ जनप्रतिनिधि र प्रशासनसँगको मिलेमतोको आधार प्लान्ट स्थापना गर्न खोजिएपछि स्थानीय आन्दोलित भएका हुन ।

बन्दन भगवती निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक रामजी पन्त ‘मुकेश’ले स्थानीय प्रशासन र नागरिकलाई भ्रम छर्ने उदेश्यले बुधबार धुलिखेलमा पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा प्लान्ट राख्न सबै प्रकृया पुरा गरेको विवरण सुनाएपनि कुनै प्रकृया पुरा नगरेको स्थानीयको आरोप छ । ‘मुकेश’ ले उक्त आयोजनाको मुख्य योजनाकार भएकोले सेटिङ गरी पत्रकार सम्मेलन गरेकोे आरोप स्थानीयले लगाएका छन् ।

“विकासको नाममा वातावरणको हत्या, अनि नागरिकको अधिकारमाथि दमन गर्न खोजिए हामी स्वीकार्दैनौं,” बातावरण संरक्षण समितिका संयोजक नागरिक अभियन्ता सागर तामाङले भने वातावरणीय प्रभाव मूल्याङ्कन नगरी परियोजनाको संरचना कसरी बन्यो ? तामाङका अनुसार प्लान्ट स्थापनाका लागि आवश्यक वातावरणीय प्रभाव मूल्याङ्कन (EiA) नगरिएको, परियोजनाबारे स्थानीयहरुबीच सार्वजनिक सुनुवाई नगरेको आरोप लागएका छन् ।

अध्यक्ष लामाले भने, “प्रशासन र जनप्रतिनिधिको सेटिङमा यस्ता अवैध काम गरिँदैछन् । तर अब हामी चुप बस्नेछैनौं । ” प्लान्ट सञ्चालनमा आएपछि यसले स्थानीय वनजंगल, कृषि, र बासोबासमा प्रत्यक्ष असर पार्ने चेतावनी वातावरणविद्हरूले पनि दिँदै आएका छन् । ‘स्विस प्रविधि’को नाममा कम्पनीले प्लान्ट ‘स्विस प्रविधि’मा आधारित रहेर वातावरणमैत्री हुने दाबी गरे पनि, त्यसको कुनै आधिकारिक दस्तावेज वा वैज्ञानिक मूल्याङ्कन देखाइएको छैन ।

“हामीलाई ‘धुवा उड्दैन, हिलो मात्रै निस्कन्छ’ भनेर छल्न खोजिएको छ । यस्तो नयाँ प्रविधि छ भन्दै नभएको प्रमाण देखाउदै किन पत्रकार सम्मेलन गरेको हो ?” एक स्थानीय युवाले प्रश्न उठाए । उनले भने “शुद्ध हावा हाम्रो अधिकार हो प्लान्ट विरुद्ध गाउँ–गाउँमा विरोध कार्यक्रमहरू गछौं र भइरहेका छन् ।

“हामीलाई रोजगारी होइन, शुद्ध हावा चाहिन्छ,” “स्वास्थ्य बेचेर विकासको सपना हामी देख्दैनौं” जस्ता नारासहित स्थानीय बासिन्दाहरू विरोधमा उत्रिएका छन् ।

प्रकाशित मिति : २०८२, २९ श्रावण बिहीबार  ३ : ५६ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक