२०८३, ११ कार्तिक बुधबार

पाँचखालमा नागारिकको हुंकार ‘मुकेशको अस्फाल्ट ब्याच मिक्स प्लान्ट ’ विरुद्ध चर्कियो विरोध

पाँचखालमा नागारिकको हुंकार ‘मुकेशको अस्फाल्ट ब्याच मिक्स प्लान्ट ’ विरुद्ध चर्कियो विरोध

“हामीलाई रोजगारी होइन, शुद्ध हावा चाहिन्छ,”


पाँचखाल । पाँचखाल नगरपालिका–८ होक्सेमा वातावरणीय मूल्याङ्कनबिनै जबर्जस्ती अस्फाल्ट ब्याच मिक्स प्लान्ट स्थापना गर्न खोजिएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । स्थानीय नागरिकका सहमति नलिइ जनप्रतिनिधि र प्रशासनसँगको मिलेमतोको आधार प्लान्ट स्थापना गर्न खोजिएपछि स्थानीय आन्दोलित भएका हुन ।

बन्दन भगवती निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक रामजी पन्त ‘मुकेश’ले स्थानीय प्रशासन र नागरिकलाई भ्रम छर्ने उदेश्यले बुधबार धुलिखेलमा पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा प्लान्ट राख्न सबै प्रकृया पुरा गरेको विवरण सुनाएपनि कुनै प्रकृया पुरा नगरेको स्थानीयको आरोप छ । ‘मुकेश’ ले उक्त आयोजनाको मुख्य योजनाकार भएकोले सेटिङ गरी पत्रकार सम्मेलन गरेकोे आरोप स्थानीयले लगाएका छन् ।

“विकासको नाममा वातावरणको हत्या, अनि नागरिकको अधिकारमाथि दमन गर्न खोजिए हामी स्वीकार्दैनौं,” बातावरण संरक्षण समितिका संयोजक नागरिक अभियन्ता सागर तामाङले भने वातावरणीय प्रभाव मूल्याङ्कन नगरी परियोजनाको संरचना कसरी बन्यो ? तामाङका अनुसार प्लान्ट स्थापनाका लागि आवश्यक वातावरणीय प्रभाव मूल्याङ्कन (EiA) नगरिएको, परियोजनाबारे स्थानीयहरुबीच सार्वजनिक सुनुवाई नगरेको आरोप लागएका छन् ।

अध्यक्ष लामाले भने, “प्रशासन र जनप्रतिनिधिको सेटिङमा यस्ता अवैध काम गरिँदैछन् । तर अब हामी चुप बस्नेछैनौं । ” प्लान्ट सञ्चालनमा आएपछि यसले स्थानीय वनजंगल, कृषि, र बासोबासमा प्रत्यक्ष असर पार्ने चेतावनी वातावरणविद्हरूले पनि दिँदै आएका छन् । ‘स्विस प्रविधि’को नाममा कम्पनीले प्लान्ट ‘स्विस प्रविधि’मा आधारित रहेर वातावरणमैत्री हुने दाबी गरे पनि, त्यसको कुनै आधिकारिक दस्तावेज वा वैज्ञानिक मूल्याङ्कन देखाइएको छैन ।

“हामीलाई ‘धुवा उड्दैन, हिलो मात्रै निस्कन्छ’ भनेर छल्न खोजिएको छ । यस्तो नयाँ प्रविधि छ भन्दै नभएको प्रमाण देखाउदै किन पत्रकार सम्मेलन गरेको हो ?” एक स्थानीय युवाले प्रश्न उठाए । उनले भने “शुद्ध हावा हाम्रो अधिकार हो प्लान्ट विरुद्ध गाउँ–गाउँमा विरोध कार्यक्रमहरू गछौं र भइरहेका छन् ।

“हामीलाई रोजगारी होइन, शुद्ध हावा चाहिन्छ,” “स्वास्थ्य बेचेर विकासको सपना हामी देख्दैनौं” जस्ता नारासहित स्थानीय बासिन्दाहरू विरोधमा उत्रिएका छन् ।

प्रकाशित मिति : २०८२, २९ श्रावण बिहीबार  ३ : ५६ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता