२०८२, २५ भाद्र बुधबार

राप्रपा युवासंघको अधिवेशनमा झडप, कार्यक्रम स्थगित

राप्रपा युवासंघको अधिवेशनमा झडप, कार्यक्रम स्थगित


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको अधिवेशन स्थलमा मंगलबार अपराह्न झडप भएपछि कार्यक्रम स्थगित गरिएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशम्शेर राणा पक्षका समर्थकहरूबीच तीव्र विवाद भएपछि उद्घाटन सत्र नै सुरु हुन सकेन ।

कार्यक्रम सुरु हुनुअघि नै दुई पक्षका युवा समर्थकहरूबीच भनाभन सुरु भएको थियो, जुन केहीबेरमै हात हालाहाल र नाराबाजीमा परिणत भयो। विशेषतः राणा पक्षका युवाहरूले अध्यक्ष लिङ्देनविरुद्ध नाराबाजी गरेपछि माहोल तनावग्रस्त बनेको थियो । स्थिति बिग्रँदै गएपछि अध्यक्ष लिङ्देनले मञ्चमै उभिएर कार्यक्रम तत्कालका लागि स्थगित गरिएको घोषणा गरे। “यो अवस्थामा अधिवेशन सम्पन्न गर्न सकिँदैन,” उनले भने, “हामी संयमता अपनाऔं र संगठनको मर्यादा जोगाऔं।”

पार्टी स्रोतका अनुसार पछिल्लो समय राप्रपाभित्र आन्तरिक असन्तोष बढ्दै गएको छ, विशेषतः नेतृत्वको निर्णयप्रणाली, संगठन विस्तार, र नीति–कार्यक्रमको प्राथमिकताबारे विभिन्न धारणा देखिँदै आएका छन्। युवा संगठनभित्रै देखिएको गुटबन्दी र शक्ति संघर्ष आजको झडपको कारण बनेको बताइन्छ। अधिवेशन कहिले पुनः सञ्चालन हुनेछ भन्नेबारे पार्टीले औपचारिक जानकारी भने दिएको छैन।

प्रकाशित मिति : २०८२, २८ श्रावण बुधबार  ३ : ४६ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा