२०८३, १३ कार्तिक शुक्रबार

आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दैँ

आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दैँ


काठमाडौं । संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्ने भएको छ । मंगलबार प्रतिनिधि सभा अन्तरगत अर्थ समिति र राष्ट्रिय सभा अन्तरगत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागिएको हो ।

आज बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्ने तय भएको छ । यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा डिजिटल गभर्नेन्स अवलम्वन गर्ने सम्बन्धमा नेपाल सरकारबाट भएका कामकारवाही एवं कार्ययोजना /तयारी सम्बान्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठक बिहान ११ बजे बस्ने तय भएको छ । उक्त विषयको छलफलको लागि बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई पनि आमन्त्रण गरिएको छ ।

प्रकाशित मिति : २०८२, २७ श्रावण मंगलबार  ९ : ११ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित