२०८२, २१ पुस सोमबार

भूमि विधेयकको प्रतिवेदन लेखनमा मन्त्रालयको हस्तक्षेप, समितिबाट पारित हुन सकेन

भूमि विधेयकको प्रतिवेदन लेखनमा मन्त्रालयको हस्तक्षेप, समितिबाट पारित हुन सकेन


काठमाडौं । भूमि सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकको प्रतिवेदनमा मन्त्रालयले असहमति जनाइ पुनः संशोधन गरेपछि आइतबार प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकबाट विधेयक पारित हुन सकेन ।

भूमि ऐन २०२१ को दफा १२ छ हटाउने सरकारको प्रस्तावविरुद्ध सांसदहरूले पूर्ववर्ती व्यवस्था यथावत राख्न माग गरेका थिए । बिहीबार सहमति भइसकेको भए पनि आइतबारको बैठकमा मन्त्रालयले फरक शब्दावलीसहित प्रतिवेदनको मस्यौदा पेस गरेपछि सांसदहरूले आपत्ति जनाए ।

सांसद भानुभक्त जोशीले मन्त्रालयको हस्तक्षेपप्रति आपत्ति जनाउँदै, “हामीले सहमति अनुसार ‘प्रचलित कानुन बमोजिम’ थप्न मात्र भनेका थियौं, तर मन्त्रालयले मस्यौदामा अनावश्यक रूपमा शब्द घुसाएर भ्रम सिर्जना गरेको छ,” भने । सरकारले भने मस्यौदा कानुनी मानक अनुसार तयार पारिएको दाबी गरे पनि समितिको बैठक सहमति नजुटेपछि अनिर्णित हुँदै स्थगित गरिएको छ।

प्रकाशित मिति : २०८२, २५ श्रावण आईतबार  ९ : ०१ बजे

भेनेजुएलाकी उपराष्ट्रपतिलाई ट्रम्पको धम्की

कराकस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी उपराष्ट्रपतिलाई लक्षित गर्दै

ओलीको जन्मघर पुनर्निर्माण अन्तिम चरणमा

तेह्रथुम । नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी, तनाव कायमै

वीरगञ्ज । मुस्लिम समुदायको प्रदर्शनले सिर्जना गरेको तनावका कारण वीरगञ्जमा

एमाले अध्यक्ष केपी ओलीको स्थान हद फुकुवा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि

सोलुखुम्बुमा दलित समुदायका लागि धार्मिक कर्मकाण्ड तालिम : गाउँपालिकाको प्रगतिशील पहल

सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा दलित र पिछडिएका समुदायलाई लक्षित गर्दै