२०८३, १४ कार्तिक शनिबार

सप्तकोशीमा पानीको बहाव २ लाख ४३० क्यूसेक नाघ्यो, २८ ढोका खोलियो

सप्तकोशीमा पानीको बहाव २ लाख ४३० क्यूसेक नाघ्यो, २८ ढोका खोलियो


सुनसरी । लगातारको अविरल वर्षाले सप्तकोशी नदीमा पानीको बहाव उच्च स्तरमा पुगेको छ। शनिबार राति ९ बजे गरिएको मापन अनुसार कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख ४३० क्यूसेक पुगेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले जानकारी दिए।

कोशी ब्यारेजका ५६ ढोकामध्ये हाल २८ ढोका खोलिएका छन्। पानीको बहाव प्रतिसेकेण्ड १ लाख ५० हजार क्यूसेक नाघेपछि खतरा सूचकका रूपमा रातो बत्ती बाल्ने गरिएको छ, जसअनुसार ब्यारेजको कन्ट्रोल रुमबाट रातो बत्ती प्रज्वलन गरिएको छ।

थापाका अनुसार हालसम्म कोशी नदीको पूर्वी तटबन्धमा कुनै क्षति नभएको छ। तर, वर्षा जारी रहेकाले जलसतह अझ बढ्ने सम्भावना रहेको र सर्तकता आवश्यक रहेको उनले बताए।

केही दिनदेखिको लगातार वर्षाका कारण नदीमा पानीको सतह उच्च भएको हो। प्रशासनले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गर्दै सम्भावित बाढी र डुबानको जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन स्थानीय निकायहरूलाई निर्देशन दिएको छ।

प्रकाशित मिति : २०८२, २५ श्रावण आईतबार  ७ : ३३ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा