२०८३, २६ भाद्र शनिबार

सप्तकोशीमा पानीको बहाव २ लाख ४३० क्यूसेक नाघ्यो, २८ ढोका खोलियो

सप्तकोशीमा पानीको बहाव २ लाख ४३० क्यूसेक नाघ्यो, २८ ढोका खोलियो


सुनसरी । लगातारको अविरल वर्षाले सप्तकोशी नदीमा पानीको बहाव उच्च स्तरमा पुगेको छ। शनिबार राति ९ बजे गरिएको मापन अनुसार कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख ४३० क्यूसेक पुगेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले जानकारी दिए।

कोशी ब्यारेजका ५६ ढोकामध्ये हाल २८ ढोका खोलिएका छन्। पानीको बहाव प्रतिसेकेण्ड १ लाख ५० हजार क्यूसेक नाघेपछि खतरा सूचकका रूपमा रातो बत्ती बाल्ने गरिएको छ, जसअनुसार ब्यारेजको कन्ट्रोल रुमबाट रातो बत्ती प्रज्वलन गरिएको छ।

थापाका अनुसार हालसम्म कोशी नदीको पूर्वी तटबन्धमा कुनै क्षति नभएको छ। तर, वर्षा जारी रहेकाले जलसतह अझ बढ्ने सम्भावना रहेको र सर्तकता आवश्यक रहेको उनले बताए।

केही दिनदेखिको लगातार वर्षाका कारण नदीमा पानीको सतह उच्च भएको हो। प्रशासनले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गर्दै सम्भावित बाढी र डुबानको जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन स्थानीय निकायहरूलाई निर्देशन दिएको छ।

प्रकाशित मिति : २०८२, २५ श्रावण आईतबार  ७ : ३३ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।