२०८२, २२ श्रावण बिहीबार

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भारतमा ५० प्रतिशत ट्यारिफ लगाइयो

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भारतमा ५० प्रतिशत ट्यारिफ लगाइयो

‘यो कदम अनुचित, अकारण र तर्कहीन छ ।’


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सम्पूर्ण वस्तुहरूमा थप २५ प्रतिशत ट्यारिफ लगाउने निर्णय गरेका छन्, जसले गर्दा कुल ट्यारिफ ५० प्रतिशत पुगेको छ ।

ह्वाइट हाउसद्वारा बुधबार जारी गरिएको कार्यकारी आदेश अनुसार, यो नयाँ शुल्क आदेश जारी भएको मितिबाट २१ दिनपछि लागू हुनेछ । ट्रम्प प्रशासनले भारतले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुसी तेलको आयात गरिरहेको आरोप लगाउँदै उक्त निर्णय लिएको जनाएको छ ।

यस निर्णयप्रति भारतको विदेश मन्त्रालयले कडा प्रतिक्रिया दिएको छ । मन्त्रालयले वक्तव्य जारी गर्दै भनेको छ, ‘यो कदम अनुचित, अकारण र तर्कहीन छ ।’ साथै भारतले ऊर्जा सुरक्षाका लागि बजारको अवस्था अनुसार तेल आयात गरिने स्पष्ट पार्दै, उक्त अमेरिकी निर्णयलाई दुर्भाग्यपूर्ण भनेको छ ।

भारतले थप भनेको छ, ‘यस्तै आयात नीति अन्य धेरै देशहरूले पनि अपनाएका छन्, तर अमेरिका केवल भारतलाई निशाना बनाउँदैछ । हामी फेरि दोहोर्याउँछौं कि यस्तो कदम अनुचित छ र भारत आफ्नो राष्ट्रिय हितको रक्षा गर्न आवश्यक सबै कदम चाल्नेछ ।’ अमेरिकाको निर्णय सार्वजनिक भएपछि भारतीय राजनीतिमा पनि प्रतिक्रियाहरू देखिएका छन् ।

कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै एक्स (पूर्व ट्विटर) मा लेखेको छ, ‘मोदीका मित्र ट्रम्पले भारतमाथि ५०प्रतिशत ट्यारिफ लगाए । ट्रम्प लगातार भारतविरुद्ध कदम चालिरहेका छन्, तर मोदी मौन छन् । प्रधानमन्त्री मोदी, हिम्मत गर्नुहोस् र ट्रम्पलाई जवाफ दिनुहोस् ।’

त्यस्तै, कांग्रेस नेता राहुल गान्धीले ट्रम्पको निर्णयलाई ‘आर्थिक ब्ल्याकमेल’ को संज्ञा दिँदै लेखेका छन्, ‘५०प्रतिशत ट्यारिफ भारतलाई अनुचित व्यापार सम्झौताका लागि धम्क्याउने प्रयास हो  । प्रधानमन्त्रीले आफ्नो कमजोरीलाई जनताको हितभन्दा अगाडि राख्नु हुँदैन ।’

प्रकाशित मिति : २०८२, २२ श्रावण बिहीबार  ९ : ०७ बजे

२९ जिल्लामा लम्पी स्किन रोगको संक्रमण, साढे २७ हजार गाईभैंसी प्रभावित

काठमाडौं । देशका विभिन्न २९ जिल्लामा लम्पी स्किन रोग तीव्र

स्वास्थ्य बीमामा सुधारको माग गर्दै सात बुँदे ज्ञापनपत्र बुझाइयो

हेटौंडा । राष्ट्रिय प्रजातान्त्रिक यातायात मजदुर संघ, जिल्ला कार्यसमिति मकवानपुरले

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भारतमा ५० प्रतिशत ट्यारिफ लगाइयो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सम्पूर्ण

अक्षयकोषमा पूर्वमन्त्री रेशम लामाद्वारा १ लाख १ हजार सहयोग

काभ्रे । प्रेस चौतारी नेपाल काभ्रे शाखाले स्थापना गरेको पत्रकार

जलवाष्पयुक्त हावाको प्रभाव कमजोर, कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा मनसुन सक्रिय रहँदा पनि जलवाष्पयुक्त हावाको