२०८२, १६ पुस बुधबार

अक्षयकोषमा पूर्वमन्त्री रेशम लामाद्वारा १ लाख १ हजार सहयोग

अक्षयकोषमा पूर्वमन्त्री रेशम लामाद्वारा १ लाख १ हजार सहयोग


काभ्रे । प्रेस चौतारी नेपाल काभ्रे शाखाले स्थापना गरेको पत्रकार अक्षयकोषमा पूर्वराज्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य रेशम लामाले १ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । लामाले आफ्नो जन्मदिनको अवसरमा चौतारी काभ्रे शाखाको कार्यालयमै पुगेर उक्त रकम अध्यक्ष केदार तिमल्सिनासहित पदाधिकारीहरूको उपस्थितिमा हस्तान्तरण गरेका हुन् ।

सहयोग रकम हस्तान्तरण गर्दै नेता लामाले प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको सवालमा पत्रकारहरूसँग ऐक्यबद्धता जनाउँदै अक्षयकोषमा योगदान दिन पाएकोमा खुशी व्यक्त गरे । नागरिक अधिकारका लागि निरन्तर खटिने पत्रकारहरूलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको कोषमा सहभागी हुन पाउँदा गर्व लागेको छ,ू लामाले भने, ूकोषको प्रगति र व्यावसायिक पत्रकारिताको सफलताका लागि शुभकामना व्यक्त गर्दछु । कार्यक्रममा प्रेस चौतारी काभ्रेका अध्यक्ष केदार तिमल्सिनाले लामाको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै, अक्षयकोषले जिल्लामा क्रियाशील पत्रकारहरूको हकहित र आवश्यक परेमा आपत्कालीन सहयोगमा उपयोग हुने जानकारी दिए। उनका अनुसार प्रेस चौतारीले पत्रकारहरूको क्षमता अभिवृद्धि, संस्थागत विकास र व्यावसायिकतामा जोड दिँदै कार्य योजना अघि बढाएको छ ।

उक्त अवसरमा पूर्वमन्त्री लामाको जन्मोत्सव समेत मनाइएको थियो। साथै, उनले चौतारीको कार्यालयको दुई महिनाको भाडा तिर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२, २२ श्रावण बिहीबार  ८ : ५३ बजे

नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबीच विशेष छुट सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च

माछापुच्छ्रे बैंक र स्मार्ट पे “साइप्रस” बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पे सँग औपचारिक

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष अवसरमा सुनचाँदी धितो कर्जा

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास

पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा पठाइने

काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा

सरकार राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन पुसको तेस्रो वा चौथो