२०८३, १४ कार्तिक शनिबार

जलवाष्पयुक्त हावाको प्रभाव कमजोर, कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

जलवाष्पयुक्त हावाको प्रभाव कमजोर, कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं । हाल नेपालमा मनसुन सक्रिय रहँदा पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। मनसुनको न्यून चापीय रेखा नेपालका तराई भू-भागमा सरदर स्थानको उत्तरतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ। पछिल्लो एक घन्टामा उदयपुरको उदयपुरगढीमा १२.६ मिलिमिटर, सिन्धुपाल्चोकको धापमा ४.२ मिलिमिटर र बासखर्कमा ४ मिलिमिटर वर्षा मापन गरिएको छ।

आजको दिनभर कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानहरूमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। त्यस्तै, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा समेत एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

देशको पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ भने अन्य भागहरूमा आंशिक बदलीको अवस्था रहने महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ।

आज राति पनि मौसम साधारणतया बदली रहनेछ। विशेषगरी मधेस, कोशी र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा र कोशी प्रदेशको पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

मौसमविद्हar ले पहाडी क्षेत्रमा निरन्तर वर्षाले बाढी, पहिरो तथा नदी तटीय क्षेत्रमा डुबानको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन्।

प्रकाशित मिति : २०८२, २२ श्रावण बिहीबार  ८ : ४१ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा