२०८२, १६ पुस बुधबार

प्रधानमन्त्री ओली र तुर्कमेनिस्तानका राष्ट्रपतिको भेटवार्ता सम्पन्न

प्रधानमन्त्री ओली र तुर्कमेनिस्तानका राष्ट्रपतिको भेटवार्ता सम्पन्न


तुर्कमेनिस्तान । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (LLDCs) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभबीच आज विशेष दुईपक्षीय भेटवार्ता सम्पन्न भएको छ।

भेटवार्तामा दुई देशबीच आपसी सम्बन्ध सुदृढ पार्ने, व्यापार तथा लगानीको सम्भावना खोज्ने, भौगोलिक र क्षेत्रीय सहकार्यलाई प्रवर्द्धन गर्ने लगायत विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

दुबै नेताले भूपरिवेष्टित राष्ट्रहरूले भोग्नुपरेका भौगोलिक चुनौती र सम्भाव्य सहकार्यका विषयमा गहिरो विचारविमर्श गरेका थिए। प्रधानमन्त्री ओलीले नेपाल र तुर्कमेनिस्तानबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन आपसी सहयोग, साझेदारी र अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्यलाई जोड दिएका थिए ।

सम्मेलनको सन्दर्भमा आयोजना गरिएको यो भेटवार्ता दुई देशबीच बढ्दो कूटनीतिक संवादको एउटा महत्वपूर्ण पाटोका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८२, २१ श्रावण बुधबार  २ : ४६ बजे

नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबीच विशेष छुट सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च

माछापुच्छ्रे बैंक र स्मार्ट पे “साइप्रस” बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पे सँग औपचारिक

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष अवसरमा सुनचाँदी धितो कर्जा

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास

पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा पठाइने

काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा

सरकार राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन पुसको तेस्रो वा चौथो