२०८३, ९ भाद्र बुधबार

प्रधानमन्त्री ओली र तुर्कमेनिस्तानका राष्ट्रपतिको भेटवार्ता सम्पन्न

प्रधानमन्त्री ओली र तुर्कमेनिस्तानका राष्ट्रपतिको भेटवार्ता सम्पन्न


तुर्कमेनिस्तान । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (LLDCs) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभबीच आज विशेष दुईपक्षीय भेटवार्ता सम्पन्न भएको छ।

भेटवार्तामा दुई देशबीच आपसी सम्बन्ध सुदृढ पार्ने, व्यापार तथा लगानीको सम्भावना खोज्ने, भौगोलिक र क्षेत्रीय सहकार्यलाई प्रवर्द्धन गर्ने लगायत विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

दुबै नेताले भूपरिवेष्टित राष्ट्रहरूले भोग्नुपरेका भौगोलिक चुनौती र सम्भाव्य सहकार्यका विषयमा गहिरो विचारविमर्श गरेका थिए। प्रधानमन्त्री ओलीले नेपाल र तुर्कमेनिस्तानबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन आपसी सहयोग, साझेदारी र अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्यलाई जोड दिएका थिए ।

सम्मेलनको सन्दर्भमा आयोजना गरिएको यो भेटवार्ता दुई देशबीच बढ्दो कूटनीतिक संवादको एउटा महत्वपूर्ण पाटोका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८२, २१ श्रावण बुधबार  २ : ४६ बजे

बाढीपहिरोका कारण कांग्रेसको महिला उद्यमशीलता सम्मेलन स्थगित

काठमाडौं । देशका विभिन्न स्थानमा बाढी तथा प्रतिकूल मौसमका कारण

रसुवा बाढी प्रभावितलाई डब्ल्युएचओको स्वास्थ्य सामग्री सहयोग, १ हजार जनाका लागि औषधि पठाइँदै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आएको

बाढीको जोखिमले काठमाडौंबाट धादिङ, रसुवा र चितवन जाने गाडि काठमाडौंमै रोकिए

काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ

रसुवा बाढी : ड्रोनदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन, खोजी तथा उद्धार तीव्र

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि प्रभावित तथा बेपत्ता नागरिकको

रसुवामा बाढीबाट मानवीय क्षति पुष्टि, यकिन विवरण आउन बाँकी

काठमाडौं । रसुवामा आएको बाढीबाट मानवीय क्षति भएको पुष्टि भएको