२०८२, १३ कार्तिक बुधबार

सभामुखले माओवादी सांसद मोदीलाई बोल्दा बोल्दै रोके, आकस्मिक समयको मर्यादा उल्लंघनको आरोप

सभामुखले माओवादी सांसद मोदीलाई बोल्दा बोल्दै रोके, आकस्मिक समयको मर्यादा उल्लंघनको आरोप


काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोलिरहेका नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीलाई सभामुख देवराज घिमिरेले बोल्दै गरेको अवस्थामा रोकेका छन्।

सांसद मोदी आकस्मिक समयको मर्यादा नाघेर नीतिगत विषयमा प्रवेश गरेको भन्दै सभामुख घिमिरेले हस्तक्षेप गरेका हुन्।

संसदको आकस्मिक समय मूलतः अहिलेभर्खर भएका घटनाक्रम वा आपतकालीन विषयहरूमा ध्यानाकर्षण गराउन छुट्टाइएको समय हो। तर, मोदीले उक्त समय प्रयोग गर्दै सरकारको आलोचना गर्न थालेपछि सभामुखले हस्तक्षेप गर्दै उनलाई बस्न आग्रह गरे।

मोदीले भनेका थिए, “हाजिरीजबाफमा अहिलेसम्मको सेटिङ र कान्डैकान्डमा चलेको सरकार कुन हो भनेर सोधियो भने अहिलेको सरकार देखिन्छ।” उनको यस टिप्पणीपछि सभामुखले भने, “यो विषय आकस्मिक समयको मर्यादाभित्र पर्दैन।”

तर, सांसद मोदी रोकिएनन्। उनले कुलिङ पिरियड, मन्त्रीहरूको आर्थिक लेनदेन, भिजिट भिसा काण्ड, मलखादको अभाव, मधेसमा सुख्खा क्षेत्र घोषणा भएपनि किसानलाई पानी नपुगेको विषय, पासपोर्ट वितरण प्रक्रिया लगायतका समसामयिक मुद्दाहरू उठाउँदै बोले।

सभामुखले फेरि हस्तक्षेप गर्दै भने, “यी सबै नीतिगत विषय हुन्, कृपया आसनमा बस्नुस्।” यद्यपि, सांसद मोदीले भ्रष्टाचार र अनियमितताका विषयमा आवाज उठाउनु आफूहरुको अधिकार भएको उल्लेख गर्दै आसनमा फर्किए पनि असन्तुष्टि जाहेर गरेका थिए।

यसअघि, मोदीले भारतको उत्तराखण्डमा गएको बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए र नेपालीहरू पनि उक्त घटनामा परेको हुन सक्ने भन्दै सरकारले तत्काल संसदमा जानकारी दिनुपर्ने माग गरेका थिए।

प्रकाशित मिति : २०८२, २१ श्रावण बुधबार  २ : ३९ बजे

प्रधानमन्त्रीको आह्वानमा त्रिपक्षीय बैठक, राजनीतिक दल र जेनजी समूह सहभागी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज अपराह्न ४ बजे

अमेरिकी डलरको भाउ लगातार बढ्दै, आज १४१.५३ पुगेको छ

काठमाडौं । नेपाली बजारमा अमेरिकी डलरको भाउ लगातार वृद्धिदेखि चर्चा

सर्वपक्षीय सरकार गठनको मागमा ओली र विप्लव एकमत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कम्युनिस्ट

नेपाली कांग्रेसमा रुपान्तरण, पुस्तान्तरण र आम एकताका लागि महाधिवेशन आवश्यक : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीभित्र रुपान्तरण र