२०८३, १२ असार शनिबार

सभामुखले माओवादी सांसद मोदीलाई बोल्दा बोल्दै रोके, आकस्मिक समयको मर्यादा उल्लंघनको आरोप

सभामुखले माओवादी सांसद मोदीलाई बोल्दा बोल्दै रोके, आकस्मिक समयको मर्यादा उल्लंघनको आरोप


काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोलिरहेका नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीलाई सभामुख देवराज घिमिरेले बोल्दै गरेको अवस्थामा रोकेका छन्।

सांसद मोदी आकस्मिक समयको मर्यादा नाघेर नीतिगत विषयमा प्रवेश गरेको भन्दै सभामुख घिमिरेले हस्तक्षेप गरेका हुन्।

संसदको आकस्मिक समय मूलतः अहिलेभर्खर भएका घटनाक्रम वा आपतकालीन विषयहरूमा ध्यानाकर्षण गराउन छुट्टाइएको समय हो। तर, मोदीले उक्त समय प्रयोग गर्दै सरकारको आलोचना गर्न थालेपछि सभामुखले हस्तक्षेप गर्दै उनलाई बस्न आग्रह गरे।

मोदीले भनेका थिए, “हाजिरीजबाफमा अहिलेसम्मको सेटिङ र कान्डैकान्डमा चलेको सरकार कुन हो भनेर सोधियो भने अहिलेको सरकार देखिन्छ।” उनको यस टिप्पणीपछि सभामुखले भने, “यो विषय आकस्मिक समयको मर्यादाभित्र पर्दैन।”

तर, सांसद मोदी रोकिएनन्। उनले कुलिङ पिरियड, मन्त्रीहरूको आर्थिक लेनदेन, भिजिट भिसा काण्ड, मलखादको अभाव, मधेसमा सुख्खा क्षेत्र घोषणा भएपनि किसानलाई पानी नपुगेको विषय, पासपोर्ट वितरण प्रक्रिया लगायतका समसामयिक मुद्दाहरू उठाउँदै बोले।

सभामुखले फेरि हस्तक्षेप गर्दै भने, “यी सबै नीतिगत विषय हुन्, कृपया आसनमा बस्नुस्।” यद्यपि, सांसद मोदीले भ्रष्टाचार र अनियमितताका विषयमा आवाज उठाउनु आफूहरुको अधिकार भएको उल्लेख गर्दै आसनमा फर्किए पनि असन्तुष्टि जाहेर गरेका थिए।

यसअघि, मोदीले भारतको उत्तराखण्डमा गएको बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए र नेपालीहरू पनि उक्त घटनामा परेको हुन सक्ने भन्दै सरकारले तत्काल संसदमा जानकारी दिनुपर्ने माग गरेका थिए।

प्रकाशित मिति : २०८२, २१ श्रावण बुधबार  २ : ३९ बजे

आफैले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपमेयरको मृत्यु

रूपन्देही । प्युठानको स्वर्गद्वारी नगरपालिका का उपप्रमुख मिनराज रानामगरको सवारी

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,

रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल