२०८३, १४ कार्तिक शनिबार

बंगलादेशमा आगामी फेब्रुअरीमा आमचुनाव हुने संकेत

बंगलादेशमा आगामी फेब्रुअरीमा आमचुनाव हुने संकेत


काठमाडौं । बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले आगामी वर्षको फेब्रुअरीमा आमचुनाव गराउने संकेत दिएका छन्। मंगलबार राष्ट्रलाई सम्बोधन गर्दै उनले देशमा लोकतान्त्रिक प्रक्रिया पुनः स्थापना गर्न फेब्रुअरीमा चुनाव गराउने तयारी भइरहेको बताएका हुन्।

बीबीसीका अनुसार, युनुसले मुख्य निर्वाचन आयुक्तलाई पत्र लेखेर आगामी वर्षको रमजान अघि आमचुनाव गराउन आग्रह गर्ने बताएका छन्। उनका अनुसार, निर्वाचन प्रक्रिया सुरक्षीत र निष्पक्ष बनाउनेतर्फ सरकारले आवश्यक तयारी थालिसकेको छ।

यो घोषणा शेख हसिनाको नेतृत्वमा रहेको सरकार पतन भएको एक वर्ष पुगेको सन्दर्भमा आएको हो। सन् २०२४ को अगस्ट ५ मा देशभर फैलिएको विद्यार्थी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी थिइन्। त्यसयता अन्तरिम सरकारको नेतृत्व मोहम्मद युनुसले गर्दै आएका छन् ।

सरकार पतन भएको एक वर्ष पुगेको अवसरमा देशभर हजारौं नागरिकले राजधानी ढाका लगायतका प्रमुख शहरहरूमा जुलुस र प्रदर्शन गरेका छन्। उनीहरूले लोकतन्त्र र निष्पक्ष निर्वाचनको माग गर्दै नाराबाजीसमेत गरेका छन् ।

राजनीतिक विश्लेषकहरूका अनुसार फेब्रुअरीमा चुनाव गराउने संकेतले बंगलादेशको अस्थिर राजनीतिक अवस्थालाई केही हदसम्म स्थायित्व दिने अपेक्षा गरिएको छ। यद्यपि चुनावको मिति र प्रक्रियाबारे अझै स्पष्ट निर्णय आउन बाँकी छ ।

प्रकाशित मिति : २०८२, २१ श्रावण बुधबार  ८ : २८ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा