२०८३, २६ श्रावण बुधबार

बंगलादेशमा आगामी फेब्रुअरीमा आमचुनाव हुने संकेत

बंगलादेशमा आगामी फेब्रुअरीमा आमचुनाव हुने संकेत


काठमाडौं । बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले आगामी वर्षको फेब्रुअरीमा आमचुनाव गराउने संकेत दिएका छन्। मंगलबार राष्ट्रलाई सम्बोधन गर्दै उनले देशमा लोकतान्त्रिक प्रक्रिया पुनः स्थापना गर्न फेब्रुअरीमा चुनाव गराउने तयारी भइरहेको बताएका हुन्।

बीबीसीका अनुसार, युनुसले मुख्य निर्वाचन आयुक्तलाई पत्र लेखेर आगामी वर्षको रमजान अघि आमचुनाव गराउन आग्रह गर्ने बताएका छन्। उनका अनुसार, निर्वाचन प्रक्रिया सुरक्षीत र निष्पक्ष बनाउनेतर्फ सरकारले आवश्यक तयारी थालिसकेको छ।

यो घोषणा शेख हसिनाको नेतृत्वमा रहेको सरकार पतन भएको एक वर्ष पुगेको सन्दर्भमा आएको हो। सन् २०२४ को अगस्ट ५ मा देशभर फैलिएको विद्यार्थी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी थिइन्। त्यसयता अन्तरिम सरकारको नेतृत्व मोहम्मद युनुसले गर्दै आएका छन् ।

सरकार पतन भएको एक वर्ष पुगेको अवसरमा देशभर हजारौं नागरिकले राजधानी ढाका लगायतका प्रमुख शहरहरूमा जुलुस र प्रदर्शन गरेका छन्। उनीहरूले लोकतन्त्र र निष्पक्ष निर्वाचनको माग गर्दै नाराबाजीसमेत गरेका छन् ।

राजनीतिक विश्लेषकहरूका अनुसार फेब्रुअरीमा चुनाव गराउने संकेतले बंगलादेशको अस्थिर राजनीतिक अवस्थालाई केही हदसम्म स्थायित्व दिने अपेक्षा गरिएको छ। यद्यपि चुनावको मिति र प्रक्रियाबारे अझै स्पष्ट निर्णय आउन बाँकी छ ।

प्रकाशित मिति : २०८२, २१ श्रावण बुधबार  ८ : २८ बजे

सम्झनाको तरेलीमा डेकेन्द्रराज थापा …

दैलेखको द्वारी मेरो जन्मथलो हो । यही माटोमा मेरो बाल्यकाल

बालेनको भारत भ्रमणबारे मोदीको निम्तो खुल्यो, मिति बताउन भारत अझै मौन

काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई लिएर नयाँ

भदौ १ देखि म्यानपावर ठप्प पार्ने चेतावनी, सरकारसँग आमनेसामने व्यवसायी

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग सम्बोधन नभए भदौ

नाइमा एक्सपोमा ग्लोबल आइएमईको ‘धमाका’, ५.२५ प्रतिशत ब्याजमै अटो लोन

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ सुरु भएसँगै गाडी

इरानको धम्कीपछि ट्रम्पलाई ट्रकमा लुकाएर विमान फेरियो, यस्तो थियो ‘गोप्य अपरेसन’

काठमाडौं । इरानबाट राष्ट्रपतिको विमानमाथि आक्रमण हुन सक्ने विश्वसनीय खतरा