२०८२, ७ माघ बुधबार

तुर्कमेनिस्तानमा प्रधानमन्त्री ओलीका व्यस्त कार्यक्रम, जलवायु र व्यापार विषयक छलफलमा सहभागिता

तुर्कमेनिस्तानमा प्रधानमन्त्री ओलीका व्यस्त कार्यक्रम, जलवायु र व्यापार विषयक छलफलमा सहभागिता


काठमाडौं । तुर्कमेनिस्तानको तटवर्ती सहर अवाजा मा भइरहेको भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न उच्चस्तरीय छलफल र द्विपक्षीय भेटवार्तामा सहभागी हुँदैछन् ।

प्रधानमन्त्री ओलीले आज सम्मेलन अन्तर्गत आयोजना हुने ‘जलवायु परिवर्तनका कारण सिर्जित प्रकोपमा भूपरिवेष्ठित विकासशील देशहरूले अवलम्बन गर्नुपर्ने अनुकूलन क्षमता र लचिलोपन’ विषयक सत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सो सत्रमा उनले जलवायु परिवर्तनका कारण उत्पन्न संकटहरूलाई सामना गर्न नेपालसहित भूपरिवेष्टित देशहरूले अपनाउनुपर्ने उपायहरूबारे धारणा व्यक्त गर्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी, प्रधानमन्त्री ओलीले ‘भूपरिवेष्ठित विकासशील देशहरूको लागि व्यापार तथा वाणिज्यको सहजता र क्षेत्रीय सहकार्य’ विषयमा हुने छलफल सत्रको सहअध्यक्षता पनि गर्नेछन्। उनले व्यापार पारवहन, पूर्वाधार विकास र क्षेत्रीय एकीकरणका विषयमा नेपालको अनुभव र सम्भावनाहरू प्रस्तुत गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : २०८२, २१ श्रावण बुधबार  ८ : १२ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित