२०८३, ३१ भाद्र बिहीबार

तुर्कमेनिस्तानमा प्रधानमन्त्री ओलीका व्यस्त कार्यक्रम, जलवायु र व्यापार विषयक छलफलमा सहभागिता

तुर्कमेनिस्तानमा प्रधानमन्त्री ओलीका व्यस्त कार्यक्रम, जलवायु र व्यापार विषयक छलफलमा सहभागिता


काठमाडौं । तुर्कमेनिस्तानको तटवर्ती सहर अवाजा मा भइरहेको भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न उच्चस्तरीय छलफल र द्विपक्षीय भेटवार्तामा सहभागी हुँदैछन् ।

प्रधानमन्त्री ओलीले आज सम्मेलन अन्तर्गत आयोजना हुने ‘जलवायु परिवर्तनका कारण सिर्जित प्रकोपमा भूपरिवेष्ठित विकासशील देशहरूले अवलम्बन गर्नुपर्ने अनुकूलन क्षमता र लचिलोपन’ विषयक सत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सो सत्रमा उनले जलवायु परिवर्तनका कारण उत्पन्न संकटहरूलाई सामना गर्न नेपालसहित भूपरिवेष्टित देशहरूले अपनाउनुपर्ने उपायहरूबारे धारणा व्यक्त गर्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी, प्रधानमन्त्री ओलीले ‘भूपरिवेष्ठित विकासशील देशहरूको लागि व्यापार तथा वाणिज्यको सहजता र क्षेत्रीय सहकार्य’ विषयमा हुने छलफल सत्रको सहअध्यक्षता पनि गर्नेछन्। उनले व्यापार पारवहन, पूर्वाधार विकास र क्षेत्रीय एकीकरणका विषयमा नेपालको अनुभव र सम्भावनाहरू प्रस्तुत गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : २०८२, २१ श्रावण बुधबार  ८ : १२ बजे

भोटेकोशीको अकल्पनीय विपत्ति :पुनर्निर्माण संरचनाको कि सुरक्षित भविष्यको ?

भोटेकोशी–त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर प्रश्न खडा

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक