२०८३, १३ कार्तिक शुक्रबार

एमाले विधान महाधिवेशन विचार, संगठन र कार्यदिशाको नयाँ जग हो : महासचिव पोखरले

एमाले विधान महाधिवेशन विचार, संगठन र कार्यदिशाको नयाँ जग हो : महासचिव पोखरले


काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको आसन्न विधान महाधिवेशनलाई केवल दस्तावेज परिमार्जनको कार्यक्रम नभई विचार, संगठन र दिशाको नयाँ जग निर्माण गर्ने ऐतिहासिक अवसरको रूपमा प्रस्तुत गरेका छन् । पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आयोजित प्रचार बैठकमा बोल्दै पोखरेलले महाधिवेशनमार्फत नेपाली परिवेशमा समाजवादको यात्रालाई नयाँ यथार्थसँग जोड्ने स्पष्ट संकेत दिए। “यो आत्मसमीक्षाको अवसर हो, जसले पार्टीको नेतृत्व, कार्यदिशा र जनअपेक्षालाई मूर्तरूप दिन्छ,” उनले भने।

महासचिव पोखरेलले पछिल्ला दिनमा चर्चामा रहेको पूर्वराष्ट्रपतिको सक्रिय राजनीतिमा सम्भावित प्रवेशबारे बोल्दै विवादको बीउ पार्टीभित्र होइन, बाहिरबाट रोपिएको दाबी गरे। उनले साउन ६ मा सम्पन्न केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपतिलाई सम्माननीय स्थानमा राख्ने निर्णय सर्वसम्मत रूपमा गरेपछि विषय स्पष्ट भएको बताए। “उहाँको सदस्यता नविकरण विशिष्ट विषय हो, त्यसैले पार्टीले विशेष निर्णयमार्फत अघि बढाएको हो,” पोखरेलले भने।

पोखरेलले एमाले नेतृत्वमा सरकार चल्दा राजस्व वृद्धि र अर्थतन्त्रमा उल्लेखनीय सुधार देखिएको दाबी गर्दै भने, “जब अर्थमन्त्री एमालेका हुन्छन्, आर्थिक सूचकहरू सकारात्मक देखिन्छन्, जुन तुलना जनताले आफैं गर्न सक्छन्।”

बैठकमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विधान महाधिवेशनको प्रचारका लागि विस्तृत योजना एक साताभित्र पार्टी केन्द्रीय कार्यालयमा बुझाइने जानकारी गराए । उनले केही दिन अघि सम्पन्न केन्द्रीय कार्यालय बैठकले विभिन्न नेताहरूलाई तयारी सम्बन्धी विशेष जिम्मेवारी दिएको बताए।

प्रकाशित मिति : २०८२, २० श्रावण मंगलबार  ९ : ०० बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित