२०८३, ३१ भाद्र बिहीबार

एमाले विधान महाधिवेशन विचार, संगठन र कार्यदिशाको नयाँ जग हो : महासचिव पोखरले

एमाले विधान महाधिवेशन विचार, संगठन र कार्यदिशाको नयाँ जग हो : महासचिव पोखरले


काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको आसन्न विधान महाधिवेशनलाई केवल दस्तावेज परिमार्जनको कार्यक्रम नभई विचार, संगठन र दिशाको नयाँ जग निर्माण गर्ने ऐतिहासिक अवसरको रूपमा प्रस्तुत गरेका छन् । पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आयोजित प्रचार बैठकमा बोल्दै पोखरेलले महाधिवेशनमार्फत नेपाली परिवेशमा समाजवादको यात्रालाई नयाँ यथार्थसँग जोड्ने स्पष्ट संकेत दिए। “यो आत्मसमीक्षाको अवसर हो, जसले पार्टीको नेतृत्व, कार्यदिशा र जनअपेक्षालाई मूर्तरूप दिन्छ,” उनले भने।

महासचिव पोखरेलले पछिल्ला दिनमा चर्चामा रहेको पूर्वराष्ट्रपतिको सक्रिय राजनीतिमा सम्भावित प्रवेशबारे बोल्दै विवादको बीउ पार्टीभित्र होइन, बाहिरबाट रोपिएको दाबी गरे। उनले साउन ६ मा सम्पन्न केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपतिलाई सम्माननीय स्थानमा राख्ने निर्णय सर्वसम्मत रूपमा गरेपछि विषय स्पष्ट भएको बताए। “उहाँको सदस्यता नविकरण विशिष्ट विषय हो, त्यसैले पार्टीले विशेष निर्णयमार्फत अघि बढाएको हो,” पोखरेलले भने।

पोखरेलले एमाले नेतृत्वमा सरकार चल्दा राजस्व वृद्धि र अर्थतन्त्रमा उल्लेखनीय सुधार देखिएको दाबी गर्दै भने, “जब अर्थमन्त्री एमालेका हुन्छन्, आर्थिक सूचकहरू सकारात्मक देखिन्छन्, जुन तुलना जनताले आफैं गर्न सक्छन्।”

बैठकमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विधान महाधिवेशनको प्रचारका लागि विस्तृत योजना एक साताभित्र पार्टी केन्द्रीय कार्यालयमा बुझाइने जानकारी गराए । उनले केही दिन अघि सम्पन्न केन्द्रीय कार्यालय बैठकले विभिन्न नेताहरूलाई तयारी सम्बन्धी विशेष जिम्मेवारी दिएको बताए।

प्रकाशित मिति : २०८२, २० श्रावण मंगलबार  ९ : ०० बजे

भोटेकोशीको अकल्पनीय विपत्ति :पुनर्निर्माण संरचनाको कि सुरक्षित भविष्यको ?

भोटेकोशी–त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर प्रश्न खडा

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक