२०८३, २१ बैशाख मंगलबार

गुठी संस्थान र पत्रकार महासंघ मधेश प्रदेशबीच लिज सम्झौता

गुठी संस्थान र पत्रकार महासंघ मधेश प्रदेशबीच लिज सम्झौता

जनकपुरमा अत्याधुनिक पत्रकार भवन निर्माण हुने


काठमाडौं । गुठी संस्थान केन्द्र, काठमाडौं र नेपाल पत्रकार महासंघ, मधेश प्रदेशबीच ऐतिहासिक लिज सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार जनकपुरधामस्थित श्रीराम मन्दिर गुठी अन्तर्गतको ०–४–०–० बिगाहा चार कठ्ठा जग्गा पत्रकार महासंघलाई अत्याधुनिक भवन निर्माणका लागि लिजमा उपलब्ध गराएको हो ।

संस्थानका प्रमुख प्रशासक शैलेशराज कुवँर र महासंघका अध्यक्ष श्याम बञ्जाराले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। महासंघले उक्त जग्गामा सञ्चारकर्मीहरूको दीर्घकालीन सशक्तीकरण तथा पूर्वाधार विकासलाई लक्ष्यित गरी अत्याधुनिक सुविधा सम्पन्न पत्रकार भवन निर्माण गर्ने योजना सार्वजनिक गरेको छ। उक्त भवन व्यावसायिक पत्रकारिता, सूचना प्रवाह तथा सामाजिक सेवा केन्द्रका रूपमा प्रयोग गरिनेछ महासंघले जनाएको छ ।

गुठी संस्थानले सार्वजनिक सूचना प्रकाशित गरी आवेदन आह्वान गरेकोमा पत्रकार महासंघको प्रस्ताव प्राविधिक र आर्थिक दुवै दृष्टिले उत्कृष्ट ठहरिएको जनाएको छ। सम्झौताअनुसार महासंघले भवन निर्माणको नक्सा, प्राविधिक प्रतिवेदन, लागत अनुमान तथा कार्यतालिका संस्थानमा पेश गर्नुपर्नेछ। भवन निर्माण कार्य नेपालका प्रचलित कानुन र भवन मापदण्डअनुसार गर्नुपर्ने उल्लेख छ ।

सम्झौतामा भवन पुनः बहालमा दिन सकिने तर हक हस्तान्तरण गर्न नपाइने स्पष्ट प्रावधान समावेश गरिएको छ। साथै, सम्झौतासँग सम्बन्धित सम्पूर्ण कर, दस्तुर तथा कानुनी प्रक्रिया महासंघले नै बेहोर्नेछ । गुठी संस्थानका प्रतिनिधिहरूले यस्तो सहकार्यबाट संस्थानको सम्पत्ति उत्पादनशील बन्ने र समाजलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरेका छन् ।

महासंघले जनकपुरधामलाई सूचना, सञ्चार र सामाजिक सेवाको केन्द्रबिन्दु बनाउने प्रतिबद्धता व्यक्त गर्दै यो सम्झौतालाई मधेश प्रदेशका श्रमजीवी पत्रकारहरूको सशक्तीकरण तथा पूर्वाधार विकासमा एक महत्वपूर्ण माइलस्टोनका रूपमा व्याख्या गरेको छ।

प्रकाशित मिति : २०८२, १९ श्रावण सोमबार  ६ : ५३ बजे

सार्वजनिक खरिद अध्यादेशप्रति निर्माण व्यवसायी असन्तुष्ट, पूर्वाधार विकासमा असर पर्ने चिन्ता

काठमाडौं । नेपाल सरकारले ल्याएको सार्वजनिक खरिद अध्यादेशले पूर्वाधार निर्माणका

जनमत पार्टीमा विवादबीच सरकार समर्थन कायम रहेको दाबी, आन्तरिक मतभेद सतहमा

जनकपुरधाम । जनमत पार्टीभित्र देखिएको आन्तरिक विवादका बीच संसदीय दलका

यूएईमा ‘सम्भावित हवाई खतरा’को चेतावनी, अमेरिकी दूतावास सतर्क

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)स्थित अमेरिकी दूतावासले ‘सम्भावित हवाई

मेघगर्जनसहित वर्षा बढ्ने संकेत, सतर्क रहन आग्रह

काठमाडौं । देशभर आज मौसम बदली भई विभिन्न स्थानमा मेघगर्जन

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष