काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले डिजिटल नवप्रवर्तन र उत्कृष्ट सेवा प्रवाहमा अग्रणी भूमिका निर्वाह गर्दै दुई अन्तर्राष्ट्रिय संस्थाबाट बहुप्रतिष्ठित अवार्डहरू प्राप्त गरेको छ।
ब्रिटेनस्थित क्यापिटल फाइनान्स इन्टरनेशनल (CFI) ले बैंकलाई ‘Champion in Modern Banking Innovation -Nepal 2025’ उपाधिबाट सम्मान गरेको छ । यस अवार्डले डिजिटल एकीकरण, ग्राहक–केन्द्रित सेवा तथा नवीन बैंकिङ प्रणालीमा बैंकको नेतृत्वदायी भूमिकालाई मान्यता दिएको हो । त्यसैगरी, सिंगापुरस्थित एसियन बैंकिङ एण्ड फाइनान्स (ABF) द्वारा बैंकलाई विभिन्न चार विधामा सम्मान गरिएको छ। ती अवार्डहरू निम्नानुसार छन्:
- Nepal Domestic Digital Transformation Bank of the Year
- Nepal Domestic Technology and Operation Bank of the Year (Wholesale Banking श्रेणी अन्तर्गत)
- Digital Business Banking Initiative of the Year – Nepal
- SME Bank of the Year – Nepal (Retail Banking श्रेणी अन्तर्गत)
यी पुरस्कारहरूले नेपालको बैंकिङ क्षेत्रमा डिजिटल रूपान्तरण, प्रविधिमैत्री सेवा तथा नवप्रवर्तनमा एसबीआई बैंकले पुर्याएको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मानित गरेका छन्। नेपाल एसबीआई बैंकले विगत ३२ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल देशभर फैलिएका १०१ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, २० शाखारहित बैंकिङ सेवा केन्द्र, १२५ एटीएम तथा एक कर्पोरेट कार्यालयमार्फत सेवा विस्तार गर्दै आएको बैंकले जनाएको छ।
“ग्राहकलाई सहज, सुरक्षित र डिजिटल पहुँचयुक्त सेवा प्रदान गर्ने हाम्रो दीर्घकालीन उद्देश्य यस्ता अन्तर्राष्ट्रिय मान्यताबाट झन सशक्त बनेको छ,” बैंकको विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रविधिमा आधारित बैंकिङ सेवा तथा वित्तीय समावेशीतालाई केन्द्रमा राख्दै, नेपाल एसबीआई बैंकले आगामी दिनमा पनि डिजिटल वित्तीय सेवाको नेतृत्व गर्ने अठोट व्यक्त गरेको छ।
प्रतिक्रिया