२०८३, २१ आश्विन बिहीबार

प्रधानमन्त्री ओलीको दुबई विमानस्थलमा भव्य स्वागत

प्रधानमन्त्री ओलीको दुबई विमानस्थलमा भव्य स्वागत


दुबई । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तान जाने क्रममा दुबई आइपुगेका छन् ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल स्थानीय समय अनुसार बिहान ३ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। उनीहरूको स्वागत युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री र अन्य उच्चस्तरीय कूटनीतिक अधिकारीहरूले गरेका थिए।

प्रधानमन्त्री ओलीको नेतृत्वमा आएको टोली ११:५५ बजे राति दुबईको उडानबाट अवतरण गरेको हो। त्यसपछि, यो टोली साउन २० देखि २३ गतेसम्म तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागिता जनाउने छ। उक्त सम्मेलनको प्रमुख उद्देश्य भूपरिवेष्टित विकासशील राष्ट्रहरूको समसामयिक समस्याहरू र विकासका अवसरहरूको बारेमा विचार विमर्श गर्नु हो।

प्रधानमन्त्री ओलीलाई तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा सम्मेलनमा उपस्थित हुनका लागि यस ऐतिहासिक सम्मेलनमा भाग लिनको लागि आमन्त्रण गरिएको हो।

नेपालका लागि यो सम्मेलन महत्त्वपूर्ण मानिएको छ, जसले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा अझ बलियो बनाउने अवसर दिन सक्छ। साथै, यस यात्रा मार्फत नेपाल र तुर्कमेनिस्तानबीचको कूटनीतिक र द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसर पनि मिल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, १९ श्रावण सोमबार  ८ : ४७ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक