२०८२, २३ मंसिर मंगलबार

सप्तरीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीको हवाइफायर : २ सय ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

सप्तरीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीको हवाइफायर : २ सय ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ


सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका–१ बडिबिरपुरमा आइतबार बिहान लागुऔषध कारोबारी पक्राउ गर्ने क्रममा प्रहरीले दुई राउण्ड हवाइफायर गर्नुपरेको छ। विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो (CIB) र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त टोलीले २ सय ग्राम ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा स्थानीय २७ वर्षीय विशाल राय र मनोज राय रहेका छन्। ब्युरोका एसएसपी कृष्ण कोइरालाका अनुसार उनीहरू लामो समयदेखि सीमावर्ती क्षेत्र हुँदै भारतबाट ब्राउन सुगर ल्याएर सप्तरी आसपासका क्षेत्रमा कारोबार गर्दै आएका थिए ।

ब्युरोले बडिबिरपुरमा लागुऔषध कारोबार भैरहेको गोप्य सूचना पाएपछि आइतबार बिहान ११ः२५ बजे प्रहरी टोली परिचालन गरेको थियो। प्रहरी टोली पुग्दा उनीहरू भाग्ने प्रयासमा थिए। प्रहरीले आत्मरक्षाका लागि र नियन्त्रणमा लिन दुई राउण्ड हवाइफायर गर्नुपरेको एसएसपी कोइरालाले जानकारी दिए ।

हवाई फायरपछि उनीहरूलाई पक्राउ गरियो र साथमा बोकेको झोलाबाट २ सय ग्राम ब्राउन सुगर बरामद गरियो। साथै, घटनास्थलबाट लागुऔषध तौल गर्ने डिजिटल तराजु, मोबाइल फोन र नगद रकमसमेत फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि प्रारम्भिक अनुसन्धानपछि लागुऔषध ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि लागुऔषध नियन्त्रण ब्युरो, विराटनगर पठाइएको छ ।

एसएसपी कोइरालाका अनुसार सप्तरी जिल्लालाई लागुऔषधको प्रवेशद्वारका रूपमा प्रयोग गर्ने गिरोहहरूमाथि निगरानी बढाइएको छ। ुसीमावर्ती क्षेत्र भएर लागुऔषध भित्र्याउने र देशका विभिन्न भागमा पठाउने कार्यमा संगठित गिरोह सक्रिय छन्। यस्ता गतिविधि नियन्त्रण गर्न हामी विशेष अभियान सञ्चालन गरिरहेका छौं, उनले भने ।

प्रकाशित मिति : २०८२, १८ श्रावण आईतबार  १२ : ५३ बजे

देश, जनता र पार्टी पहिलो हो, पद होइन : एमाले सचिव लेखराज भट्ट

काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले देश, जनता र

काभ्रे-१ बाट प्रतिनिधिसभा सदस्यमा गणेश लामा सिफारिस

काभ्रेपलाञ्चोक । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे

स्वास्थ्य र शिक्षामा प्रभावकारी लगानी बिना समृद्धि सम्भव छैन : मन्त्री किरण थापा

काठमाडौं । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य सेवामा

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल