२०८२, ८ माघ बिहीबार

सप्तरीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीको हवाइफायर : २ सय ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

सप्तरीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीको हवाइफायर : २ सय ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ


सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका–१ बडिबिरपुरमा आइतबार बिहान लागुऔषध कारोबारी पक्राउ गर्ने क्रममा प्रहरीले दुई राउण्ड हवाइफायर गर्नुपरेको छ। विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो (CIB) र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त टोलीले २ सय ग्राम ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा स्थानीय २७ वर्षीय विशाल राय र मनोज राय रहेका छन्। ब्युरोका एसएसपी कृष्ण कोइरालाका अनुसार उनीहरू लामो समयदेखि सीमावर्ती क्षेत्र हुँदै भारतबाट ब्राउन सुगर ल्याएर सप्तरी आसपासका क्षेत्रमा कारोबार गर्दै आएका थिए ।

ब्युरोले बडिबिरपुरमा लागुऔषध कारोबार भैरहेको गोप्य सूचना पाएपछि आइतबार बिहान ११ः२५ बजे प्रहरी टोली परिचालन गरेको थियो। प्रहरी टोली पुग्दा उनीहरू भाग्ने प्रयासमा थिए। प्रहरीले आत्मरक्षाका लागि र नियन्त्रणमा लिन दुई राउण्ड हवाइफायर गर्नुपरेको एसएसपी कोइरालाले जानकारी दिए ।

हवाई फायरपछि उनीहरूलाई पक्राउ गरियो र साथमा बोकेको झोलाबाट २ सय ग्राम ब्राउन सुगर बरामद गरियो। साथै, घटनास्थलबाट लागुऔषध तौल गर्ने डिजिटल तराजु, मोबाइल फोन र नगद रकमसमेत फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि प्रारम्भिक अनुसन्धानपछि लागुऔषध ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि लागुऔषध नियन्त्रण ब्युरो, विराटनगर पठाइएको छ ।

एसएसपी कोइरालाका अनुसार सप्तरी जिल्लालाई लागुऔषधको प्रवेशद्वारका रूपमा प्रयोग गर्ने गिरोहहरूमाथि निगरानी बढाइएको छ। ुसीमावर्ती क्षेत्र भएर लागुऔषध भित्र्याउने र देशका विभिन्न भागमा पठाउने कार्यमा संगठित गिरोह सक्रिय छन्। यस्ता गतिविधि नियन्त्रण गर्न हामी विशेष अभियान सञ्चालन गरिरहेका छौं, उनले भने ।

प्रकाशित मिति : २०८२, १८ श्रावण आईतबार  १२ : ५३ बजे

संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि निर्णायक संघर्ष : मनोजजंग थापा

सिन्धुली। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मुलुकको अस्तित्व,

सभापति बनेपछि पहिलो पटक पार्टी मुख्यालय सानेपा जाँदै गगन थापा

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष