२०८२, ३ कार्तिक आईतबार

डोङफेङले चाडपर्वअघि ‘अर्ली फेस्टिभ अफर’ घोषणा, सुरक्षा पक्षमा प्रश्न उठ्दै

डोङफेङले चाडपर्वअघि ‘अर्ली फेस्टिभ अफर’ घोषणा, सुरक्षा पक्षमा प्रश्न उठ्दै


काठमाडौं । डोङफेङले चाडपर्वअघि ‘अर्ली फेस्टिभ अफर’ सुरु गर्दै नेपाली बजारमा लोकप्रिय प्रिमियम इलेक्ट्रिक ह्याचब्याक नामी गाडीलाई विशेष छुटमा उपलब्ध गराएको छ ।

डोङफेङ नामी गाडी बलियो ब्याट्री रेन्ज, लक्जरी इन्टेरियर र सहज प्रविधिको संयोजनमार्फत पाँचतारे लक्जरी इलेक्ट्रिक भेइकलको रूपमा परिचित छ । यस चाडपर्व अफरअन्तर्गत नामी गाडीको मूल्य ३४.७९ लाख रुपैयाँबाट घटाएर ३३.९९ लाख रुपैयाँ कायम गरिएको छ । कम्पनीले ग्राहकलाई भीडभाडबाट बचेर चाडपर्वको उत्सव पहिले नै सुरु गर्ने मौका दिएको जनाएको छ ।

तर, केही सवारी विशेषज्ञ र ग्राहकहरूले गाडीको सुरक्षा पक्षमा प्रश्न उठाएका छन्। उनीहरूले सुरक्षा परीक्षण र मानकबारे थप स्पष्टता आवश्यक रहेको बताएका छन्। डोङफेङ नामीका गाडीहरू देशभरका सबै शोरूमहरूमा उपलब्ध छन् र कम्पनीले नेपालमा इलेक्ट्रिक सवारी साधनको पहुँच विस्तारमा अग्रणी भूमिका खेल्दै आएको छ । यस वर्षको प्रतिक्षित चाडपर्व अफरमार्फत अझ धेरै नेपालीले प्रिमियम इलेक्ट्रिक गाडी सहजै पाउन सक्ने कम्पनीको विश्वास छ।

प्रकाशित मिति : २०८२, १८ श्रावण आईतबार  १२ : ३३ बजे

आज केन्द्रीय सुरक्षा समितिको बैठक, निर्वाचन सुरक्षा योजना मुख्य एजेन्डा

काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले आज केन्द्रीय

आज तिहारको पहिलो दिनः काग तिहार

काठमाडौँ । आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल