२०८२, ३ कार्तिक आईतबार

बजेट कार्यान्वयनमा तिव्रता : अर्थ मन्त्रालयले थाल्यो मन्त्रालयगत छलफल

बजेट कार्यान्वयनमा तिव्रता : अर्थ मन्त्रालयले थाल्यो मन्त्रालयगत छलफल


काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनमा तिव्रता दिन अर्थ मन्त्रालयले मन्त्रालयगत छलफल सुरु गरेको छ। पहिलो चरणमा आज अर्थ मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल सम्पन्न गरेको हो।

छलफलमा दलित समुदायको परम्परागत सीप, कला र पेशाको संरक्षण गर्दै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्ने भगत सर्वजित उद्यमशीलता कार्यक्रम प्रभावकारी रुपमा अघि बढाउने विषयमा विशेष जोड दिइएको छ। आधुनिक प्रविधिको हस्तान्तरण, सीपमूलक तालिम र उत्पादनलाई बजारसँग जोड्ने योजनाका विषयमा विस्तृत छलफल भएको छ।

त्यसैगरी, काठमाडौं उपत्यकामा सञ्चालित उद्योगहरुलाई उपत्यका बाहिरका औद्योगिक क्षेत्रमा स्थानान्तरण गरी राजधानीको वायु प्रदूषण नियन्त्रण गर्ने र स्थानान्तरण हुने उद्योगलाई विशेष सहुलियत दिने विषयमा छलफल भएको छ। यसका लागि आवश्यक नीतिगत व्यवस्था र सहुलियत प्याकेज निर्माणका विषयमा मन्त्रालयहरुबीच सहमति बनेको छ।

भारत, चीन लगायत अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको पहुँच विस्तार गर्ने उद्देश्यले नेपालमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर परीक्षण प्रयोगशाला स्थापना गर्ने प्रस्तावमा समेत छलफल भएको छ। यस्तै, झापाको मयुरधाप, मकवानपुर र चितवनको शक्तिखोरमा आधुनिक औद्योगिक क्षेत्र निर्माण गर्ने योजना कार्यान्वयनतर्फ अघि बढाउने सहमति पनि बैठकमा भएको छ।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे, उद्योग सचिव डा. रामप्रसाद घिमिरे लगायत दुबै मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो।

अर्थ मन्त्रालयले बजेटमा उल्लेख गरिएका कार्यक्रम तथा योजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय र विभागहरुसँग क्रमशः छलफल गर्दै जाने कार्यक्रम बनाएको छ। मन्त्रालयले नीति, कार्यक्रम र बजेटको कार्यान्वयनमा समन्वय, स्पष्ट कार्ययोजना र समयसीमा निर्धारणमा विशेष ध्यान दिने जनाएको छ।

प्रकाशित मिति : २०८२, १८ श्रावण आईतबार  ११ : ३५ बजे

आज केन्द्रीय सुरक्षा समितिको बैठक, निर्वाचन सुरक्षा योजना मुख्य एजेन्डा

काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले आज केन्द्रीय

आज तिहारको पहिलो दिनः काग तिहार

काठमाडौँ । आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल