२०८२, २० मंसिर शनिबार

बैठकका निर्णय कार्यकर्तामाझ पुर्‍याउन र कार्यन्वयन गर्न अध्यक्ष ओलीको निर्देशन

बैठकका निर्णय कार्यकर्तामाझ पुर्‍याउन र कार्यन्वयन गर्न अध्यक्ष ओलीको निर्देशन

नेकपा ( एमाले )जनसङ्गठन समन्वय संयन्त्र बैठक बालुवाटारमा सम्पन्न


काठमाडौं । नेकपा एमाले को दोस्रो विधान महाधिवेशनको तयारी सन्दर्भमा जनसङ्गठन समन्वय संयन्त्रको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ ।

आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा आयोजना हुने महाधिवेशनलाई सफल बनाउने लक्ष्यसहित आयोजना गरिएको बैठकमा आवश्यक तयारी, समन्वय र कार्ययोजनाका विषयमा छलफल गरिएको हो । बैठकमा सम्माननीय प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा सहभागी हुनु भएको थियो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी सचिवालय, पोलिटब्यूरो र केन्द्रीय समितिको बैठकमा भएका निर्णयहरुलाई सशक्त ढंगले कार्यकर्तामाझ संप्रेषण गर्न निर्देशन दिनु भयो ।

उहाँले पार्टी जीवन, कार्यनीति, रणनीति र अनुशासनका विषयमा स्पष्ट धारणा राख्दै आगामी विधान महाधिवेशनलाई संगठनात्मक एकता, विचार सुदृढीकरण र समग्र राष्ट्रिय हितको मार्गचित्र तय गर्ने ऐतिहासिक अवसरको रुपमा लिनुपर्नेमा जोड दिनु भयो । अध्यक्ष ओलीले जनसङ्गठनहरुसँग अनुशासन, समर्पण र उत्तरदायित्वबोधसहित सशक्त भूमिका निर्वाह गर्न विशेष आग्रह गर्नु भयो ।

बैठकको सञ्चालन स्थायी समिति सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका भानुभक ढकालले गर्नुभएको थियो । बैठकमा २३ वटा जनसङ्गठनका इञ्चार्ज, अध्यक्ष र महासचिवहरुको उपस्थिति थियो । बैठकमा विधान महाधिवेशनको तयारी, सांगठनिक सुदृढीकरण, जनसङ्गठनहरुको भूमिका, समन्वय र सक्रियतालाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको थियो।

प्रकाशित मिति : २०८२, १७ श्रावण शनिबार  ११ : ५४ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको