२०८३, ३१ भाद्र बिहीबार

बैठकका निर्णय कार्यकर्तामाझ पुर्‍याउन र कार्यन्वयन गर्न अध्यक्ष ओलीको निर्देशन

बैठकका निर्णय कार्यकर्तामाझ पुर्‍याउन र कार्यन्वयन गर्न अध्यक्ष ओलीको निर्देशन

नेकपा ( एमाले )जनसङ्गठन समन्वय संयन्त्र बैठक बालुवाटारमा सम्पन्न


काठमाडौं । नेकपा एमाले को दोस्रो विधान महाधिवेशनको तयारी सन्दर्भमा जनसङ्गठन समन्वय संयन्त्रको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ ।

आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा आयोजना हुने महाधिवेशनलाई सफल बनाउने लक्ष्यसहित आयोजना गरिएको बैठकमा आवश्यक तयारी, समन्वय र कार्ययोजनाका विषयमा छलफल गरिएको हो । बैठकमा सम्माननीय प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा सहभागी हुनु भएको थियो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी सचिवालय, पोलिटब्यूरो र केन्द्रीय समितिको बैठकमा भएका निर्णयहरुलाई सशक्त ढंगले कार्यकर्तामाझ संप्रेषण गर्न निर्देशन दिनु भयो ।

उहाँले पार्टी जीवन, कार्यनीति, रणनीति र अनुशासनका विषयमा स्पष्ट धारणा राख्दै आगामी विधान महाधिवेशनलाई संगठनात्मक एकता, विचार सुदृढीकरण र समग्र राष्ट्रिय हितको मार्गचित्र तय गर्ने ऐतिहासिक अवसरको रुपमा लिनुपर्नेमा जोड दिनु भयो । अध्यक्ष ओलीले जनसङ्गठनहरुसँग अनुशासन, समर्पण र उत्तरदायित्वबोधसहित सशक्त भूमिका निर्वाह गर्न विशेष आग्रह गर्नु भयो ।

बैठकको सञ्चालन स्थायी समिति सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका भानुभक ढकालले गर्नुभएको थियो । बैठकमा २३ वटा जनसङ्गठनका इञ्चार्ज, अध्यक्ष र महासचिवहरुको उपस्थिति थियो । बैठकमा विधान महाधिवेशनको तयारी, सांगठनिक सुदृढीकरण, जनसङ्गठनहरुको भूमिका, समन्वय र सक्रियतालाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको थियो।

प्रकाशित मिति : २०८२, १७ श्रावण शनिबार  ११ : ५४ बजे

भोटेकोशीको अकल्पनीय विपत्ति :पुनर्निर्माण संरचनाको कि सुरक्षित भविष्यको ?

भोटेकोशी–त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर प्रश्न खडा

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक