२०८३, ९ श्रावण आईतबार

कप्तान साबित्रा भण्डारी ‘साम्बा’ लाई मकवानपुरमा विशेष सम्मान

कप्तान साबित्रा भण्डारी ‘साम्बा’ लाई मकवानपुरमा विशेष सम्मान


हेटौंडा । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी ‘साम्बा’ मकवानपुरमा एक विशेष कार्यक्रमबीच सम्मानित भएकी छन् । सञ्चारिका समूह नेपाल, मकवानपुर शाखाले आयोजना गरेको ‘देश चिनाउने साम्बासँग हाम्रो चिनजान एवम् सम्मान’ शीर्षकको कार्यक्रममा उनलाई नगद ५० हजार रुपैयाँसहित सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा आयोजक संस्थाका पदाधिकारी, स्थानीय राजनीतिक दलका नेताहरु, खेलप्रेमी, पत्रकार तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै सञ्चारिका समूह नेपाल, मकवानपुरकी अध्यक्ष निशा गुरुङले भनिन्, “साबित्रा भण्डारीले आफ्नो अथक मेहनत र लगनशीलताबाट नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएकी छन्। उनले नेपाली महिला खेलकुदमा प्रेरणादायी भूमिका निर्वाह गरिरहेकी छन् ।”

साबित्राले सम्मानप्रति आभार व्यक्त गर्दै भनिन्, “यो सम्मानले मलाई अझ बढी प्रेरणा मिलेको छ । म आफ्नो मेहनत जारी राखेर देशलाई अझै गौरवान्वित बनाउनेछु ।” उनले महिला फुटबलको विकासका लागि स्थानीय तहदेखि राष्ट्रिय नीति निर्माण तहसम्म सहकार्य आवश्यक रहेको धारणा पनि व्यक्त गरिन् ।

साम्बा हालसम्म नेपाली महिला फुटबल इतिहासमै सर्वाधिक गोलकर्ताको कीर्तिमान बोकेकी खेलाडी हुन् । उनले घरेलु लिग तथा विदेशी क्लबहरूबाट समेत उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई विश्वमञ्चमा चिनाउने अभियानमा निरन्तर लागिरहेकी छन् । उनका अनुसार नेपाली महिला खेलाडीहरूको क्षमता उच्च भए पनि आवश्यक पूर्वाधार र अवसरको अभावका कारण विश्वस्तरीय प्रदर्शनमा बाधा आइरहेको छ ।

साम्बाको सम्मान कार्यक्रमले मकवानपुरमा खेलप्रेमीहरूबीच उत्साह थपेको छ । आयोजक संस्थाका अनुसार उनीजस्ता खेलाडीहरूलाई सम्मान र प्रोत्साहन गर्नु आगामी पुस्ताका लागि प्रेरणा हुनेछ ।

प्रकाशित मिति : २०८२, १७ श्रावण शनिबार  ५ : १७ बजे

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक

नागरिक असन्तुष्ट भएपछि ३ प्रतिशत समता करबाट पछि हट्यो सरकार

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा