२०८२, १६ पुस बुधबार

रुसी राष्ट्रपति पुटिनद्वारा ओरेस्निक हाइपरसोनिक मिसाइल सेवामा प्रवेश गरेको घोषणा

रुसी राष्ट्रपति पुटिनद्वारा ओरेस्निक हाइपरसोनिक मिसाइल सेवामा प्रवेश गरेको घोषणा


काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले विकास गरेको नवीनतम हाइपरसोनिक ओरेस्निक मिसाइल उत्पादन सुरु भइसकेको घोषणा गरेका छन् । उनले बेलारुसमा उक्त मिसाइल प्रणाली यस वर्षको अन्त्यसम्म तैनाथ गर्ने योजना रहेको जानकारी दिए ।

सेन्ट पिटर्सबर्ग नजिकैको भालाम टापुमा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँगको भेटपछि पुटिनले भने, ‘‘तयारी कार्यहरू तीव्रगतिमा अघि बढिरहेका छन्। सम्भवत: यो वर्षको अन्त्यसम्म हामीले ओरेस्निक मिसाइल र तिनका प्रणालीहरूको पहिलो श्रृंखला पूर्ण रुपमा सेवामा प्रवेश गराउनेछौँ ।’’ रुसी सेनाले बेलारुसमा ओरेस्निक मध्य–दूरीको ब्यालिस्टिक मिसाइल तैनाथ गर्ने स्थानहरूको छनोट कार्य सम्पन्न गरिसकेको पुटिनले जनाएका छन्। यो कदम पश्चिमी मुलुकहरूमाथि सामरिक दबाब सिर्जना गर्ने उद्देश्यले गरिएको कूटनीतिक र सैन्य रणनीतिको रुपमा हेरिएको छ ।

रुसले गत नोभेम्बरमा युक्रेनमा ओरेस्निक मिसाइलको पहिलो प्रयोग गरेको थियो। उक्त मिसाइल ड्निप्रो सहरमा रहेको एउटा कारखानामा प्रहार गरिएको थियो, जुन सोभियत संघको समयमा मिसाइल निर्माणस्थलको रुपमा परिचित थियो । पुटिनको यो घोषणा पछिल्लो समय पश्चिम र रुसबीच चुलिंदो तनावको बीच आएको हो। विश्लेषकहरूका अनुसार ओरेस्निकजस्ता हाइपरसोनिक क्षेप्यास्त्रहरूले युद्धको परिदृश्यलाई पूर्णरुपमा बदल्न सक्ने क्षमता राख्छन् ।

रुसले हाइपरसोनिक मिसाइल विकासलाई आफ्नो सैन्य नीतिको प्राथमिकतामा राख्दै आएको छ। ओरेस्निक मिसाइल, जसको गती र गतिशीलता उच्च स्तरमा रहेको बताइन्छ, प्रचलित प्रतिरक्षा प्रणालीहरू छल्न सक्ने क्षमताको कारण चिन्ताको विषय बनेको छ।

प्रकाशित मिति : २०८२, १७ श्रावण शनिबार  ४ : ५७ बजे

नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबीच विशेष छुट सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च

माछापुच्छ्रे बैंक र स्मार्ट पे “साइप्रस” बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पे सँग औपचारिक

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष अवसरमा सुनचाँदी धितो कर्जा

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास

पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा पठाइने

काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा

सरकार राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन पुसको तेस्रो वा चौथो