२०८३, ३१ भाद्र बिहीबार

रुसी राष्ट्रपति पुटिनद्वारा ओरेस्निक हाइपरसोनिक मिसाइल सेवामा प्रवेश गरेको घोषणा

रुसी राष्ट्रपति पुटिनद्वारा ओरेस्निक हाइपरसोनिक मिसाइल सेवामा प्रवेश गरेको घोषणा


काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले विकास गरेको नवीनतम हाइपरसोनिक ओरेस्निक मिसाइल उत्पादन सुरु भइसकेको घोषणा गरेका छन् । उनले बेलारुसमा उक्त मिसाइल प्रणाली यस वर्षको अन्त्यसम्म तैनाथ गर्ने योजना रहेको जानकारी दिए ।

सेन्ट पिटर्सबर्ग नजिकैको भालाम टापुमा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँगको भेटपछि पुटिनले भने, ‘‘तयारी कार्यहरू तीव्रगतिमा अघि बढिरहेका छन्। सम्भवत: यो वर्षको अन्त्यसम्म हामीले ओरेस्निक मिसाइल र तिनका प्रणालीहरूको पहिलो श्रृंखला पूर्ण रुपमा सेवामा प्रवेश गराउनेछौँ ।’’ रुसी सेनाले बेलारुसमा ओरेस्निक मध्य–दूरीको ब्यालिस्टिक मिसाइल तैनाथ गर्ने स्थानहरूको छनोट कार्य सम्पन्न गरिसकेको पुटिनले जनाएका छन्। यो कदम पश्चिमी मुलुकहरूमाथि सामरिक दबाब सिर्जना गर्ने उद्देश्यले गरिएको कूटनीतिक र सैन्य रणनीतिको रुपमा हेरिएको छ ।

रुसले गत नोभेम्बरमा युक्रेनमा ओरेस्निक मिसाइलको पहिलो प्रयोग गरेको थियो। उक्त मिसाइल ड्निप्रो सहरमा रहेको एउटा कारखानामा प्रहार गरिएको थियो, जुन सोभियत संघको समयमा मिसाइल निर्माणस्थलको रुपमा परिचित थियो । पुटिनको यो घोषणा पछिल्लो समय पश्चिम र रुसबीच चुलिंदो तनावको बीच आएको हो। विश्लेषकहरूका अनुसार ओरेस्निकजस्ता हाइपरसोनिक क्षेप्यास्त्रहरूले युद्धको परिदृश्यलाई पूर्णरुपमा बदल्न सक्ने क्षमता राख्छन् ।

रुसले हाइपरसोनिक मिसाइल विकासलाई आफ्नो सैन्य नीतिको प्राथमिकतामा राख्दै आएको छ। ओरेस्निक मिसाइल, जसको गती र गतिशीलता उच्च स्तरमा रहेको बताइन्छ, प्रचलित प्रतिरक्षा प्रणालीहरू छल्न सक्ने क्षमताको कारण चिन्ताको विषय बनेको छ।

प्रकाशित मिति : २०८२, १७ श्रावण शनिबार  ४ : ५७ बजे

भोटेकोशीको अकल्पनीय विपत्ति :पुनर्निर्माण संरचनाको कि सुरक्षित भविष्यको ?

भोटेकोशी–त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर प्रश्न खडा

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक