२०८३, २१ आश्विन बिहीबार

एमाले रसुवाका अध्यक्ष जनार्दन ढकालद्वारा पुन : पार्टीमै फर्कने घोषणा

एमाले रसुवाका अध्यक्ष जनार्दन ढकालद्वारा पुन : पार्टीमै फर्कने घोषणा


काठमाडौँ । नेकपा (एमाले) रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकालले पुनः एमालेमै फर्किने घोषणा गरेका छन् । केही समयअघि अध्यक्षसहित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका ढकालले पार्टीमै पुनः सक्रिय हुने तयारी गरेका हुन् ।

टेलिभिजन अन्तरवार्तामा ढकालले आफूविरुद्ध चौतर्फी घेराबन्दी भएकाले पार्टी परित्याग गर्नु परेको उल्लेख गरेका थिए । उनले पार्टी बैठकहरूमा सचिवस्तरीय नेताबाट चार पटकसम्म सांघातिक आक्रमण भएको गुनासो समेत गरेका थिए । पुनः फर्किनुअघि रसुवाका एमाले नेताहरु मकवानपुरको चित्लाङ अर्गानिक भिलेज रिसोर्टमा छलफलमा सहभागी भएका छन् ।

रसुवाका एमाले पदाधिकारीहरूका अनुसार ढकालले पुनः अध्यक्षकै हैसियतमा फर्किने तयारी गरेका छन् । पार्टीभित्रको असन्तोष समाधान गर्दै एकताको सन्देश दिन जनार्दन ढकाल पुनः एमाले नेतृत्वमा फर्कन लागेका हुन् ।

प्रकाशित मिति : २०८२, १७ श्रावण शनिबार  १० : ३४ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक