२०८३, ३ भाद्र बिहीबार

चुरे संरक्षणका अभियन्ता सुनिलकुमार यादवलाई ‘प्रकाश मानव अधिकार’ पुरस्कार

चुरे संरक्षणका अभियन्ता सुनिलकुमार यादवलाई ‘प्रकाश मानव अधिकार’ पुरस्कार


काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव प्रकाश काफ्लेको ३३ औँ स्मृति दिवसको अवसरमा ३१ औँ प्रकाश मानव अधिकार पुरस्कार–२०८१ बाराको सिम्रौनगढ नगरपालिका–२ निवासी चुरे तथा वन–जंगल संरक्षण अभियन्ता सुनिलकुमार यादवलाई प्रदान गरिएको छ ।

शुक्रबार ललितपुरमा आयोजित समारोहमा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त तथा ‘मानव अधिकार शताब्दी पुरुष’ डा. गौरीशंकरलाल दासले यादवलाई सम्मानपत्र, ताम्रपत्र, राशि ५० हजार रुपैयाँ र इन्सेकको प्रतीक चिन्हसहित पुरस्कार हस्तान्तरण गेका हुन् ।

कार्यक्रममा सम्बोधन गर्दै डा. दासले तराईमा अन्धाधुन्ध प्राकृतिक स्रोत दोहनका कारण बढ्दो वातावरणीय संकटलाई गम्भीर चुनौतीका रूपमा लिँदै सरकारले तराईलाई संकटग्रस्त क्षेत्र घोषणा गर्नुपरेको उल्लेख गरे । साथै, वैदेशिक रोजगारीमा रहेका ५० लाखभन्दा बढी नेपालीको मताधिकार सुनिश्चित गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगमार्फत ध्यानाकर्षण गराउनुपर्ने धारणा राखे ।

पुरस्कारबाट सम्मानित यादवले आफ्नो चुरे संरक्षण अभियानको सुरुवात २०७४ सालमै गरेको स्मरण गर्दै, ‘जलवायु परिवर्तन र पानीको संकटलाई ध्यानमा राखी प्राकृतिक स्रोतको संरक्षण अत्यावश्यक ठानें, त्यसैले चुरे र वनजंगल जोगाउने अभियान सुरू गरें,’उनले भने । उनले परिवार, समुदाय र हजारौँ अभियन्ताको साथबिना यो सम्भव नहुने बताउँदै इन्सेकप्रति हार्दिक कृतज्ञता व्यक्त गरे । यादवले पुरस्कार स्वरूप प्राप्त ५० हजार रुपैयाँ समाजका विभिन्न स्थानमा विरुवा वितरण र रोपणमा खर्च गर्ने घोषणा गर्दै, कार्यक्रम स्थलमै ५१ सय ५० रुपैयाँ बराबरको १५० वटा कागतीको विरुवा वितरण गरेर अभियानको सुरुवात गरे ।

उनले अभियानमा अभिभावक भएर साथ दिने सामाजिक अभियन्ता सरोज राय, त्यस्तै डा. जाहिद अन्सारी, अभियानी राजेश भण्डारी, अमन यादव, चन्द्रकिशोर यादव, नन्दकिशोर राम, शेनिया सदा, शगिता सदा, निरा तिमलसिना, लक्ष्मी बस्नेत, कबिता गुरुङ, चन्द्र दाई, सानु माया, राधिका जी लगायत हजारौँ अभियन्ता तथा प्रमोद साह, दीपक करण, संजय यादव, संजय साह, अजय सिलवाली, पुरन गुप्ता, कुलदीप जी, कैलाश दास, शलेन्द्र क्रान्ति, राजकरण महतो, फुलगेन मगही, विजय साह, प्रभु यादव, अनिल वर्मा, रमेश साह, बिमला गुप्ता, सुरज गुप्ता, ओमप्रकाश साह (गोपी), इन्द्र भुषण यादव, नितेश यादवलगायत पत्रकारहरूलाई विशेष धन्यवाद ज्ञापन गरे ।

प्रकाशित मिति : २०८२, १७ श्रावण शनिबार  ९ : ३९ बजे

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय

जुकरबर्गले मुद्दा हारे फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुनसक्ने

काठमाडौँ । मेटाविरुद्ध अमेरिकाका ३० राज्यले दायर गरेको मुद्दाको सुनुवाइ

आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश