२०८२, २३ भाद्र सोमबार

चुरे संरक्षणका अभियन्ता सुनिलकुमार यादवलाई ‘प्रकाश मानव अधिकार’ पुरस्कार

चुरे संरक्षणका अभियन्ता सुनिलकुमार यादवलाई ‘प्रकाश मानव अधिकार’ पुरस्कार


काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव प्रकाश काफ्लेको ३३ औँ स्मृति दिवसको अवसरमा ३१ औँ प्रकाश मानव अधिकार पुरस्कार–२०८१ बाराको सिम्रौनगढ नगरपालिका–२ निवासी चुरे तथा वन–जंगल संरक्षण अभियन्ता सुनिलकुमार यादवलाई प्रदान गरिएको छ ।

शुक्रबार ललितपुरमा आयोजित समारोहमा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त तथा ‘मानव अधिकार शताब्दी पुरुष’ डा. गौरीशंकरलाल दासले यादवलाई सम्मानपत्र, ताम्रपत्र, राशि ५० हजार रुपैयाँ र इन्सेकको प्रतीक चिन्हसहित पुरस्कार हस्तान्तरण गेका हुन् ।

कार्यक्रममा सम्बोधन गर्दै डा. दासले तराईमा अन्धाधुन्ध प्राकृतिक स्रोत दोहनका कारण बढ्दो वातावरणीय संकटलाई गम्भीर चुनौतीका रूपमा लिँदै सरकारले तराईलाई संकटग्रस्त क्षेत्र घोषणा गर्नुपरेको उल्लेख गरे । साथै, वैदेशिक रोजगारीमा रहेका ५० लाखभन्दा बढी नेपालीको मताधिकार सुनिश्चित गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगमार्फत ध्यानाकर्षण गराउनुपर्ने धारणा राखे ।

पुरस्कारबाट सम्मानित यादवले आफ्नो चुरे संरक्षण अभियानको सुरुवात २०७४ सालमै गरेको स्मरण गर्दै, ‘जलवायु परिवर्तन र पानीको संकटलाई ध्यानमा राखी प्राकृतिक स्रोतको संरक्षण अत्यावश्यक ठानें, त्यसैले चुरे र वनजंगल जोगाउने अभियान सुरू गरें,’उनले भने । उनले परिवार, समुदाय र हजारौँ अभियन्ताको साथबिना यो सम्भव नहुने बताउँदै इन्सेकप्रति हार्दिक कृतज्ञता व्यक्त गरे । यादवले पुरस्कार स्वरूप प्राप्त ५० हजार रुपैयाँ समाजका विभिन्न स्थानमा विरुवा वितरण र रोपणमा खर्च गर्ने घोषणा गर्दै, कार्यक्रम स्थलमै ५१ सय ५० रुपैयाँ बराबरको १५० वटा कागतीको विरुवा वितरण गरेर अभियानको सुरुवात गरे ।

उनले अभियानमा अभिभावक भएर साथ दिने सामाजिक अभियन्ता सरोज राय, त्यस्तै डा. जाहिद अन्सारी, अभियानी राजेश भण्डारी, अमन यादव, चन्द्रकिशोर यादव, नन्दकिशोर राम, शेनिया सदा, शगिता सदा, निरा तिमलसिना, लक्ष्मी बस्नेत, कबिता गुरुङ, चन्द्र दाई, सानु माया, राधिका जी लगायत हजारौँ अभियन्ता तथा प्रमोद साह, दीपक करण, संजय यादव, संजय साह, अजय सिलवाली, पुरन गुप्ता, कुलदीप जी, कैलाश दास, शलेन्द्र क्रान्ति, राजकरण महतो, फुलगेन मगही, विजय साह, प्रभु यादव, अनिल वर्मा, रमेश साह, बिमला गुप्ता, सुरज गुप्ता, ओमप्रकाश साह (गोपी), इन्द्र भुषण यादव, नितेश यादवलगायत पत्रकारहरूलाई विशेष धन्यवाद ज्ञापन गरे ।

प्रकाशित मिति : २०८२, १७ श्रावण शनिबार  ९ : ३९ बजे

जेन्जीहरुको आन्दोलनमा घाइतेहरूको शीघ्र उपचार गर्न लागि सरकारलाई राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेन्जी पुस्ताको आजको प्रदर्शनका क्रममा

“जेन–जी आन्दोलनमा प्रधानमन्त्री ओलीको कडा निर्देशन: दोषीमाथि कडा कारवाही गर्ने, छानबिन समिति गठन”

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी पुस्ताले आह्वान गरेको

जेनजी घटनाको छानबिन गर्न सरकारद्वारा समिति गठन

काठमाडौं । सोमबार राजधानीमा भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले

दुई दिन विद्यालय बन्द गर्ने शैक्षिक संगठनकाे निर्णय

काठमाडौं । जेनजी प्रदर्शनमा प्रहरीको गोलीबाट १९ जनाभन्दा बढीको ज्यान

सामाजिक सञ्जाल नियमनबिनै खोल्न सकिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध