२०८२, ११ मंसिर बिहीबार

नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । आजको दरअनुसार अमेरिकी डलरदेखि लिएर भारतीय रुपैयाँ र खाडी मुलुकका मुद्रासम्मका मूल्य निर्धारण गरिएको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४० रुपैयाँ ४६ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६० रुपैयाँ ६८ पैसा कायम गरिएको छ।

ब्रिटिस पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७८ पैसा छ भने, स्वीस फ्रयाङ्कको खरिददर १७२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८० पैसा तोकिएको छ। यस्तै, अष्ट्रेलियन डलर ९० रुपैयाँ १० पैसामा खरिद र ९० रुपैयाँ ४९ पैसामा बिक्री हुने, क्यानेडियन डलरको खरिददर १०१ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४७ पैसा छ।

एशियाली मुद्रातर्फ हेर्दा जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा छ भने, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा रहेको छ। साउदी रियाल, कतारी रियाल, युएई दिराम, मलेसियन रिङ्गेटलगायत खाडी मुलुकका मुद्राहरूको विनिमयदर पनि तोकिएको छ।

सबैभन्दा मूल्यवान् मुद्राहरूमा पर्ने कुवेती दिनारको खरिददर ४५७ रुपैयाँ १८ पैसा र बिक्रीदर ४५९ रुपैयाँ १४ पैसा, बहराइन दिनारको खरिददर ३७० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ५७ पैसा तोकिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकले विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा परिवर्तन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले आफैंले निर्धारण गर्ने दर राष्ट्र बैंकको दरभन्दा केही फरक हुन सक्ने र अद्यावधिक विवरण केन्द्रीय बैंकको वेबसाइटमा हेर्न सकिने जानकारी दिइएको छ।

प्रकाशित मिति : २०८२, १६ श्रावण शुक्रबार  ७ : २६ बजे

मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सर्वोच्च अदालतमा दायर

नेपाली कांग्रेसमा महाधिवेशनको मांग र आन्तरिक संघर्षले पार्टी विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी

जसपाका बागमती अध्यक्षगोले एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बागमतीप्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री