२०८३, ३१ भाद्र बिहीबार

चार संसदीय समितिको बैठक आज, विधेयक र राष्ट्रिय सरोकारका विषयमा छलफल

चार संसदीय समितिको बैठक आज, विधेयक र राष्ट्रिय सरोकारका विषयमा छलफल


काठमाडौं । संघीय संसद् अन्तर्गतका चार वटा संसदीय समितिको बैठक आज बस्दैछ । निर्धारित कार्यसूचीअनुसार विविध विधेयक र राष्ट्रिय महत्वका विषयमा छलफल हुने कार्यक्रम तय गरिएको छ ।

सबैभन्दा पहिले बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयन प्रगति, देखिएका समस्या र तिनको समाधानका प्रयासबारे गहिरो छलफल गरिनेछ। समितिले मन्त्रालयसँग आगामी रणनीति र अपेक्षाबारे पनि जानकारी लिनेछ ।

१२ः३० बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्नेछ। सो बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ सम्बन्धमा संघ तथा प्रदेशका सरोकारवाला मन्त्रालय, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ, तथा कानुन, वन, भूमि क्षेत्रका विज्ञहरूसँग विचार–विमर्श गरिनेछ ।

विधायन व्यवस्थापन समितिको बैठक अपराह्न १ बजे सुरु हुनेछ। बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ माथि दफावार छलफल गरिनेछ। यस विधेयकले देशको जलसम्पदाको उपयोग, व्यवस्थापन र नियमनसम्बन्धी कानुनी संरचनामा महत्त्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

त्यसपछि दिउँसो २ः३० बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ। बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’ माथि विस्तृत छलफल हुनेछ। प्रेस तथा सञ्चारमाध्यमसँग प्रत्यक्ष सम्बन्ध राख्ने यो विधेयकबारे संसद्मा विभिन्न धारणा देखिँदै आएको छ।

आज बस्ने यी चारवटै समितिको बैठकले संसद् र कार्यपालिकाबीचको समन्वय, विधायन प्रक्रिया तथा नीतिगत छलफललाई थप सशक्त बनाउने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८२, १६ श्रावण शुक्रबार  ७ : ०४ बजे

भोटेकोशीको अकल्पनीय विपत्ति :पुनर्निर्माण संरचनाको कि सुरक्षित भविष्यको ?

भोटेकोशी–त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर प्रश्न खडा

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक