२०८३, १३ कार्तिक शुक्रबार

चार संसदीय समितिको बैठक आज, विधेयक र राष्ट्रिय सरोकारका विषयमा छलफल

चार संसदीय समितिको बैठक आज, विधेयक र राष्ट्रिय सरोकारका विषयमा छलफल


काठमाडौं । संघीय संसद् अन्तर्गतका चार वटा संसदीय समितिको बैठक आज बस्दैछ । निर्धारित कार्यसूचीअनुसार विविध विधेयक र राष्ट्रिय महत्वका विषयमा छलफल हुने कार्यक्रम तय गरिएको छ ।

सबैभन्दा पहिले बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयन प्रगति, देखिएका समस्या र तिनको समाधानका प्रयासबारे गहिरो छलफल गरिनेछ। समितिले मन्त्रालयसँग आगामी रणनीति र अपेक्षाबारे पनि जानकारी लिनेछ ।

१२ः३० बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्नेछ। सो बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ सम्बन्धमा संघ तथा प्रदेशका सरोकारवाला मन्त्रालय, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ, तथा कानुन, वन, भूमि क्षेत्रका विज्ञहरूसँग विचार–विमर्श गरिनेछ ।

विधायन व्यवस्थापन समितिको बैठक अपराह्न १ बजे सुरु हुनेछ। बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ माथि दफावार छलफल गरिनेछ। यस विधेयकले देशको जलसम्पदाको उपयोग, व्यवस्थापन र नियमनसम्बन्धी कानुनी संरचनामा महत्त्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

त्यसपछि दिउँसो २ः३० बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ। बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’ माथि विस्तृत छलफल हुनेछ। प्रेस तथा सञ्चारमाध्यमसँग प्रत्यक्ष सम्बन्ध राख्ने यो विधेयकबारे संसद्मा विभिन्न धारणा देखिँदै आएको छ।

आज बस्ने यी चारवटै समितिको बैठकले संसद् र कार्यपालिकाबीचको समन्वय, विधायन प्रक्रिया तथा नीतिगत छलफललाई थप सशक्त बनाउने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८२, १६ श्रावण शुक्रबार  ७ : ०४ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित