२०८३, १९ आश्विन मंगलबार

देशभर वर्षाको सम्भावना, बागमतीका पहाडी क्षेत्रहरूमा भारी वर्षाको चेतावनी

देशभर वर्षाको सम्भावना, बागमतीका पहाडी क्षेत्रहरूमा भारी वर्षाको चेतावनी


काठमाडौं । देशभर हाल सक्रिय मनसुनी प्रणालीको प्रभावका कारण आज विभिन्न भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको सरदर स्थानको आसपासमा रहेकाले देशका धेरै भाग प्रभावित हुनेछन् ।

शुक्रबार बिहान कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भएको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा मध्यम खालको वर्षा हुने सम्भावना छ। त्यस्तै, तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । रातिको समयमा पनि मौसम बदली रहनेछ। विशेष गरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा तथा तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले बागमती प्रदेशका पहाडी क्षेत्रहरूमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावनाबारे चेतावनी दिएको छ। यसका कारण नदीमा पानीको बहाव बढ्न सक्ने, पहिरो, भूक्षय तथा सहरी क्षेत्रमा जलमग्न हुने सम्भावनासमेत रहेको उल्लेख गरिएको छ। सतर्कताका लागि महाशाखाले सम्भावित जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन र अत्यावश्यक नभएसम्म यात्रा नगर्न सुझाव दिएको छ ।

प्रकाशित मिति : २०८२, १६ श्रावण शुक्रबार  ६ : ५६ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि