२०८३, १३ कार्तिक शुक्रबार

मुख्यमन्त्री शाहलाई विश्वासको मत, दुई तिहाइ बहुमत भने गुम्यो

मुख्यमन्त्री शाहलाई विश्वासको मत, दुई तिहाइ बहुमत भने गुम्यो


कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले समर्थन फिर्ता लिएपछि उत्पन्न राजनीतिक अनिश्चितताबीच मुख्यमन्त्री शाहले विश्वासको मत लिएका हुन् ।

५२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि कम्तीमा २७ सांसदको समर्थन आवश्यक थियो। शाहले कुल २९ मत प्राप्त गर्दै विश्वासको मत सुरक्षित गरेका छन् । विश्वासको मत दिनेहरूमा नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११ र नाउपाका एक सांसद छन् । नाउपाले समर्थन फिर्ता लिएको भए पनि पार्टीका सांसद कैलाश चौधरीले शाहको पक्षमा मतदान गरेका थिए । नाउपाका बाँकी ६ सांसद भने मतदानमा सहभागी भएनन् ।

मुख्यमन्त्री शाहले गत वर्ष साउन २० गते नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता भएकै नाताले दोस्रोपटक मुख्यमन्त्री बनेका थिए । त्यसबेला उनले नेपाली कांग्रेस, नेकपा एमाले र नाउपाको समर्थनमा दुई तिहाइ बहुमत (३६ सांसद) सहित सरकार गठन गरेका थिए। तर, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नाउपाले सरकारबाट समर्थन फिर्ता लिएको थियो। सोही कारणले दुई तिहाइ बहुमत गुमाउँदै शाह पुनः विश्वासको मत लिन बाध्य भएका हुन् ।

विश्वासको मत त प्राप्त गरे पनि अबको चुनौती भनेको स्थायित्व कायम राख्नु र नाउपाको असन्तुष्टिलाई व्यवस्थापन गर्नु हुनेछ । आगामी दिनमा शाह नेतृत्वको सरकार कसरी अगाडि बढ्छ भन्नेमा सबैको चासो केन्द्रित भएको छ ।

प्रकाशित मिति : २०८२, १६ श्रावण शुक्रबार  ६ : ५० बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित