२०८३, ९ भाद्र बुधबार

मुख्यमन्त्री शाहलाई विश्वासको मत, दुई तिहाइ बहुमत भने गुम्यो

मुख्यमन्त्री शाहलाई विश्वासको मत, दुई तिहाइ बहुमत भने गुम्यो


कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले समर्थन फिर्ता लिएपछि उत्पन्न राजनीतिक अनिश्चितताबीच मुख्यमन्त्री शाहले विश्वासको मत लिएका हुन् ।

५२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि कम्तीमा २७ सांसदको समर्थन आवश्यक थियो। शाहले कुल २९ मत प्राप्त गर्दै विश्वासको मत सुरक्षित गरेका छन् । विश्वासको मत दिनेहरूमा नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११ र नाउपाका एक सांसद छन् । नाउपाले समर्थन फिर्ता लिएको भए पनि पार्टीका सांसद कैलाश चौधरीले शाहको पक्षमा मतदान गरेका थिए । नाउपाका बाँकी ६ सांसद भने मतदानमा सहभागी भएनन् ।

मुख्यमन्त्री शाहले गत वर्ष साउन २० गते नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता भएकै नाताले दोस्रोपटक मुख्यमन्त्री बनेका थिए । त्यसबेला उनले नेपाली कांग्रेस, नेकपा एमाले र नाउपाको समर्थनमा दुई तिहाइ बहुमत (३६ सांसद) सहित सरकार गठन गरेका थिए। तर, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नाउपाले सरकारबाट समर्थन फिर्ता लिएको थियो। सोही कारणले दुई तिहाइ बहुमत गुमाउँदै शाह पुनः विश्वासको मत लिन बाध्य भएका हुन् ।

विश्वासको मत त प्राप्त गरे पनि अबको चुनौती भनेको स्थायित्व कायम राख्नु र नाउपाको असन्तुष्टिलाई व्यवस्थापन गर्नु हुनेछ । आगामी दिनमा शाह नेतृत्वको सरकार कसरी अगाडि बढ्छ भन्नेमा सबैको चासो केन्द्रित भएको छ ।

प्रकाशित मिति : २०८२, १६ श्रावण शुक्रबार  ६ : ५० बजे

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा

रसुवा बाढी : नेपाली सेना र निजी क्षेत्रले गर्यो ११४ जनाको हवाई उद्धार 

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै

रसुवा बाढी व्यवस्थापनका लागि कांग्रेसले बनायो समन्वय समिति

काठमाडौं । नेपाली कांग्रेसले रसुवामा आएको भीषण बाढीपछि उद्धार, राहत

बाढीपहिरोका कारण कांग्रेसको महिला उद्यमशीलता सम्मेलन स्थगित

काठमाडौं । देशका विभिन्न स्थानमा बाढी तथा प्रतिकूल मौसमका कारण

रसुवा बाढी प्रभावितलाई डब्ल्युएचओको स्वास्थ्य सामग्री सहयोग, १ हजार जनाका लागि औषधि पठाइँदै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आएको