२०८३, २१ आश्विन बिहीबार

बालुवाटारमा कांग्रेस–एमाले शीर्ष नेताहरूको बैठक सुरु

बालुवाटारमा कांग्रेस–एमाले शीर्ष नेताहरूको बैठक सुरु


काठमाडौं । सत्तारूढ दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान विशेष बैठक सुरु भएको छ ।

बैठकमा सरकारको कार्यक्षमता सुधार, मन्त्रीपरिषद् पुनर्गठन, र राजनीतिक सहकार्यको विषयमा गहन छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै दलका केही मन्त्रीहरूसहित कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका मन्त्रीहरूको समेत हेरफेर गर्ने तयारी गरिरहेका बेला यो बैठक बसेको हो।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओलीसहित दुबै दलका वरिष्ठ नेताहरू सहभागी छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले देउवालाई सरकारको कार्यसम्पादन सुदृढ बनाउन कांग्रेसको सक्रिय सहकार्य आवश्यक रहेको धारणा राख्दै केन्द्रीय कार्यसमितिको पछिल्लो निर्णयहरू पुनर्विचार गर्न प्रस्ताव राख्ने तयारी गरेका छन् ।

एक उच्च सरकारी स्रोतका अनुसार, बैठकमा मन्त्रालयहरूको बाँडफाँट, कमजोर देखिएका मन्त्रीहरूको हटावट, र आगामी नीतिगत एजेन्डाहरूमा सहमति खोज्ने प्रयास भइरहेको छ । यद्यपि, बैठकको आधिकारिक निष्कर्ष सार्वजनिक भइसकेको छैन। नेताहरूबीच सहमति बनेमा चाँडै मन्त्रीपरिषद् पुनर्गठनको प्रक्रिया सुरु हुने संकेत देखिएको छ ।

प्रकाशित मिति : २०८२, १५ श्रावण बिहीबार  १ : २६ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक