२०८२, १३ कार्तिक बुधबार

प्रधानमन्त्री ओलीको दाबी : ‘सरकार भ्रष्टाचारको होइन, नियन्त्रणको पर्याय हो’

प्रधानमन्त्री ओलीको दाबी : ‘सरकार भ्रष्टाचारको होइन, नियन्त्रणको पर्याय हो’


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार भ्रष्टाचारलाई प्रोत्साहन गर्ने होइन, नियन्त्रण गर्ने सरकार भएको दाबी गरेका छन्। बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले केही व्यक्तिमाथि कारबाही गरिएको आधारमा सरकारलाई नै दोषी देखाउने प्रवृत्तिप्रति आपत्ति जनाए ।

“सरकारले एक-दुई जनालाई कारबाही गर्‍यो भने सरकार र भ्रष्टाचार पर्यायवाची भन्छन्,” ओलीले भने, “भ्रष्टाचार गर्नेलाई कारबाही नगर्ने त? गर्न दिइन्न, गर्‍यो भने कारबाही हुन्छ। त्यही त गर्ने हो नि !” बैठकको शून्य समयमा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले ‘भ्रष्टाचार र सरकार पर्यायवाचीजस्तै बनेको’ आरोप लगाएका थिए। उनको आरोपको जवाफमा प्रधानमन्त्री ओलीले संसदमा गम्भीर विषयहरू गम्भीरताका साथ उठाउनुपर्ने बताएका हुन् ।

“सरकार भ्रष्टाचारको पर्याय हो भन्ने कसरी भन्न सकिन्छ? सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय हो,” उनले भने, “हामीले सबै राजनीतिक दल मिलेर विकास र समृद्धिको मार्गमा अघि बढ्नुपर्छ ।” प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणलाई सरकारले प्राथमिकतामा राखेको र कारबाही प्रक्रियामा कुनै पक्षपात नगर्ने स्पष्ट पारे ।

प्रकाशित मिति : २०८२, १४ श्रावण बुधबार  ३ : ५२ बजे

प्रधानमन्त्रीको आह्वानमा त्रिपक्षीय बैठक, राजनीतिक दल र जेनजी समूह सहभागी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज अपराह्न ४ बजे

अमेरिकी डलरको भाउ लगातार बढ्दै, आज १४१.५३ पुगेको छ

काठमाडौं । नेपाली बजारमा अमेरिकी डलरको भाउ लगातार वृद्धिदेखि चर्चा

सर्वपक्षीय सरकार गठनको मागमा ओली र विप्लव एकमत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कम्युनिस्ट

नेपाली कांग्रेसमा रुपान्तरण, पुस्तान्तरण र आम एकताका लागि महाधिवेशन आवश्यक : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीभित्र रुपान्तरण र