२०८२, १४ कार्तिक बिहीबार

बागमतीमा एमाले संसदीय दलको बैठक आज बस्दै, सत्ता समीकरणबारे छलफल हुने

बागमतीमा एमाले संसदीय दलको बैठक आज बस्दै, सत्ता समीकरणबारे छलफल हुने


हेटौंडा । बागमती प्रदेश सरकारको सत्ता साझेदार नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठक आज बस्ने भएको छ । प्रदेशको पछिल्लो राजनीतिक संकट र आगामी सत्ता समीकरणबारे रणनीति तय गर्न बैठक आह्वान गरिएको एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, सरकार सञ्चालनको प्रभावकारिता, कांग्रेसभित्रको आन्तरिक विवादले सरकारमा पारेको असर, र एमालेको भूमिकाबारे विस्तृत छलफल गरिनेछ । यसअघि, नेपाली कांग्रेसले बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री बहादुरसिंह लामालाई संसदीय दलको नेताबाट हटाएको छ । कांग्रेस आज नयाँ नेता चयन गर्न मतदान गराउँदैछ, जसपछिको प्राथमिक लक्ष्य मुख्यमन्त्री पदमा नयाँ व्यक्ति प्रस्ताव गर्नु हो ।

सत्ता गठबन्धनमा सहभागी एमाले भने यो स्थितिमा के भूमिका लिने भन्नेबारे स्पष्ट निर्णयमा पुगेको छैन। तर प्रमुख दलका नेताहरूबीच पछिल्लो समयमा भएका अनौपचारिक छलफलहरूबाट एमालेले अबको समीकरणमा सक्रिय भूमिका खेल्ने सम्भावना बढेको देखिन्छ । बैठकमा प्रदेशमा देखिएको अस्थिरताको मूल्याङ्कन गर्नुका साथै आगामी सम्भावित गठबन्धन निर्माण, समर्थन वा विपक्षमा बस्नेजस्ता विषयहरूमा स्पष्ट रणनीति तय हुने बताइएको छ । कांग्रेस भित्रको नेतृत्व संघर्षले प्रदेश सरकारको स्थायित्वमाथि प्रश्न खडा गरिरहेकाले एमालेले नयाँ समीकरणतर्फ संकेत गर्ने अनुमान गरिएको छ ।

प्रदेश सरकारको स्थायित्व, प्रभावकारी सञ्चालन, र दलहरूको आपसी समन्वयको सन्दर्भमा आजको बैठक निर्णायक हुने विश्वास गरिएको छ। एमालेको निर्णयले आगामी दिनमा प्रदेशको सत्ता संरचना कस्तो बन्छ भन्ने कुरामा प्रत्यक्ष प्रभाव पार्नेछ ।

प्रकाशित मिति : २०८२, १४ श्रावण बुधबार  ९ : २२ बजे

सांग्रिला डेभलपमेन्ट बैंकको २१औँ वार्षिकोत्सव: उत्कृष्ट सेवा र मजबुत वृद्धि

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आज आफ्नो २१औँ वार्षिकोत्सव भव्यताका

नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगे रेशम चौधरी, एउटै पोशाकमा नेताहरू उपस्थित

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक नेता रेशम

भैरवामा आन्दोलनकै क्रममा जिफन्ट उपाध्यक्ष कमल गौतमको निधन

भैरवा। नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत कटौतीका कारण उद्योगहरूले श्रमिकहरूलाई

६ वर्षपछि ट्रम्प-सी जिनपिङ भेटवार्ता, दक्षिण कोरियामा द्विपक्षीय वार्ता सुरु

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्दैछ।