२०८३, १९ आश्विन मंगलबार

आज नाग पञ्चमीका दिन नाग टाँस्न शुभ समयको जानकारी

आज नाग पञ्चमीका दिन नाग टाँस्न शुभ समयको जानकारी


काठमाडौ । आजको दिन श्रावण शुक्ल पञ्चमी परेको छ, जुन नाग पञ्चमीको मुख्य दिन हो। यो दिन विशेष गरेर घरको मुख्य ढोकामा नागको चित्र टाँस्ने परम्परा छ, जसले वर्षभरि घरमा सर्प, नाग, बिच्छी, चट्याङ र अन्य विपद्‌बाट जोगाउँछ भन्ने धार्मिक विश्वास रहिआएको छ।

आज नाग टाँस्न शुभ समय शुभ मुहूर्त

लाभ बेला
🕣 बिहान ८स्४८ देखि 🕙 १०स्२९ बजेसम्म

अमृत बेला
🕥 बिहान १०स्३० देखि 🕛 १२स्०९ बजेसम्म

यी दुई बेलालाई अत्यन्त शुभ मानिन्छ, त्यसैले नागको चित्र टाँस्ने वा पूजाआजा गर्ने उत्तम समय यही हो।

आजको पूजा दिशा — उत्तर दिशामा नागको शिर सम्झनुहोस्
श्रावण महिना भएकाले, नागको शिर उत्तर दिशामा भएको सम्झेर पूजा गर्नुपर्छ। पूजा गर्दा सिन्दुर, चन्दन, दही, दूबो, कुश आदि सामग्री प्रयोग गरी नागको प्रतीकमा अर्पण गर्नु उचित मानिन्छ।

पूजाअघि गर्ने तयारीहरू

बिहानै उठेर स्नान गर्ने

गाईको गोबरबाट ढोकाको दुवैपट्टि नागको चित्र बनाउने वा चित्र टाँस्ने

दियो, कलश, गणेश पूजन गर्ने

नागको पूजा गरी घरमा शान्तिको कामना गर्ने

प्रकाशित मिति : २०८२, १३ श्रावण मंगलबार  ९ : ४८ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि