२०८३, १९ आश्विन मंगलबार

२४ औं घण्टा विद्युत आपूर्ति गर्ने चाहना पूरा गर्न सकिएन : मन्त्री खड्का

२४ औं घण्टा विद्युत आपूर्ति गर्ने चाहना पूरा गर्न सकिएन : मन्त्री खड्का


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले २४औं  घण्टा विद्युत आपूर्ति गर्ने सरकारको चाहना हुँदाहुँदै पनि विभिन्न दबाब र चुनौतीहरुले पूरा गर्न नसेको गुनासो गरेका छन् ।

आइतबार काठमाडौमा आयोजित सामूदायिक विद्युतीकरण उपभोक्ता महासंघको कार्यक्रममा बोल्दै उनले आवश्यक पर्नेजति विद्युत आफैं उत्पादन गरेर खपत गर्ने र बढि भएको विद्युत निर्यात गर्ने साथै मुलुकलाई समृद्ध बनाउने अभियानमा लागि रहेको बताए । उनले भने,‘२४ औं घण्टा विद्युत आपूर्ति गर्ने सरकारको चाहना छ । तर यसमा दबाब ,चुनौतीहरु छन् । हामीलाई आवश्यक पर्नेजति विद्युत आफै उत्पादन गरेर खपत गर्ने र बढि भएको विद्युत निर्यात गर्ने र मुलुकलाई समृद्ध बनाउने अभियानमा आज मुलुक लागि रहेकोछ ।

’ त्यस्तै उनले हरेक क्षेत्रमा जस्तै विद्युत क्षेत्रमा पनि चुनौतीहरु देखिएको भन्दै चुनौती सामना गर्ने सामथ्र्य निर्माण गर्नुपर्ने उनको भनाइ छ । उनले भने,‘चुनौतीहरु त हरेक क्षेत्रमा देखिएका छन् । यो क्षेत्रमा पनि छ । तर हामी चुनौती सामना गर्ने सामथ्र्य निर्माण गर्नुपर्छ ।’

प्रकाशित मिति : २०८२, ११ श्रावण आईतबार  २ : ०० बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि