२०८३, १२ असार शनिबार

बिराटनगरका प्रवेश रिजाल अमेरिका भरिका १०० प्रभावशाली एआई नेताहरूको सूचीमा

बिराटनगरका प्रवेश रिजाल अमेरिका भरिका १०० प्रभावशाली एआई नेताहरूको सूचीमा


न्यूयोर्क  । क्रस रिभर बैंकका प्रमुख डेटा तथा कृत्रिम बौद्धिकता (एआई)अधिकृत प्रवेश रिजाललाई अमेरिका भरिका १०० प्रभावशाली एआई नेताहरूको सूची एआइ १०० मा समावेश गरिएको छ। यो प्रतिष्ठित सम्मान उनलाई शुक्रबार न्यूयोर्कमा आयोजित मेसिनकन २०२५ समारोहका क्रममा प्रदान गरिएको हो।

बिराटनगरमा जन्मिएका रिजाल कृत्रिम बौद्धिकता (एआइ), वित्तीय सेवा र परिमाणात्मक नवप्रवर्तनको संगममा एक प्रखर व्यक्तित्वका रूपमा उदाएका छन्। विश्वका प्रमुख वित्तीय प्रविधि ९फिनटेक० कम्पनीहरूलाई प्रविधिमा आधारित वित्तीय सेवा प्रदान गर्ने  क्रस रिभर बैंकमा उनी संस्थाको डेटा र एआई रणनीति अगाडि बढाउने जिम्मेवारीमा छन्।

रिजालले आफ्नो करियर सिटिग्रुपबाट सुरु गरेका थिए । त्यसपछि उनले क्रस रिभरको  क्वान्टिटेटिभ  स्ट्राटेटिज विभाग स्थापना गरी नेतृत्व गरे र पछिल्लो समयमा प्रमुख डेटा तथा एआई अधिकृत पदमा नियुक्त भएका हुन्। उनले न्युयोर्क युनिभर्सिटीबाट वित्तीय इन्जिनियरिंगमा स्नातकोत्तर डिग्री लिएका छन् र हाल फ्रान्सस्थित  इ डी एचइसी बिजनेस स्कुलबाट क्वान्टिटेटिभ  फाइनान्समा विद्यावारिधि गर्दैछन्।

एआइ १०० अवार्डले कृत्रिम बौद्धिकता र डेटा विज्ञानको प्रयोगमार्फत व्यापारमा रूपान्तरण ल्याउने अग्रणी नेताहरूलाई सम्मान गर्छ। विजेताहरूको छनोट प्रभाव, नवप्रवर्तन, र जटिल उद्योगहरूमा एआई समाधानलाई मापनयोग्य रूपमा लागू गर्ने क्षमताका आधारमा गरिन्छ।

कार्यक्रम आयोजकहरूले रिजाललाई  ुवित्तीय सेवामा एआईको भविष्यलाई मूर्तरूप दिनसक्ने  एक साहसी र बहु(विषयगत नेताु को रुपमा चित्रण गर्दै  उनको कथाले आजको एआई नेतृत्व कति विश्वव्यापी भइसकेको छ भन्ने कुरालाई उजागर गर्छ भन्ने देखेको बताए ।

अमेरिकाभरिका शीर्ष एआई नेताहरूले मन्तव्य व्यक्त गरेको उक्त सम्मेलनको आयोजना कृत्रिम बुद्धिमत्ता सम्बन्धी अग्रणी विश्लेषण संस्था, एआइएम रिसर्च, ले गरेको थियो।

प्रकाशित मिति : २०८२, ११ श्रावण आईतबार  १२ : २२ बजे

आफैले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपमेयरको मृत्यु

रूपन्देही । प्युठानको स्वर्गद्वारी नगरपालिका का उपप्रमुख मिनराज रानामगरको सवारी

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,

रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल