२०८३, ७ भाद्र सोमबार

विपद्को विषयलाई ठिक ढंगले सम्बोधन गर्न सरकार प्रतिवद्ध छ : गृहमन्त्री

विपद्को विषयलाई ठिक ढंगले सम्बोधन गर्न सरकार प्रतिवद्ध छ : गृहमन्त्री


काठमाडौं । गृहमन्त्री रमेश लेखकले तराई–मधेसमा पानीको गम्भीर अभाव सिर्जना भएको बताएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयात्मक बैठकमा बोल्दै मन्त्री लेखकले मुलुकका विभिन्न भूभाग, विशेष गरी मधेस र तराई क्षेत्रमा खानेपानी र सिँचाइका लागि पानीको हाहाकार रहेको जानकारी दिए ।

उनले भने, ‘अहिले मुलुकको मधेस, तराई क्षेत्रमा पानीको अत्यन्त ठूलो अभाव सिर्जना भएको छ । विभिन्न ठाउँमा खानेपानीकै समस्या छ, अभाव छ । अहिले मध्य बर्खाको धान रोपाईं गर्ने बेलामा विभिन्न जिल्लाहरुमा रोपाईं हुन सकेको छैन ।’

मन्त्री लेखकका अनुसार अहिलेको परिस्थिती जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव हो । उनले हालै रसुवागढीमा आएको बाढी र त्यसले मितेरी पुल बगाएपछि भएको जनधनको क्षतिको पनि स्मरण गरे । ‘हाम्रो देशमा पर्याप्त वर्षा नभए पनि बाढीले ठूलो क्षति पु–याएको छ। मधेस तराईमा भने पानीको हाहाकार छ । यी सबै जलवायु परिवर्तनकै असर हुन्,’उनले भने।

उनले नेपाल प्राकृतिक विपद् जोखिमको उच्च जोखिममा रहेको देश भएको उल्लेख गर्दै भूकम्प, बाढी, पहिरो, डुबान र चट्याङलगायतका विपद्ले देशलाई निरन्तर चुनौती दिइरहेको बताए । ‘अब केही समयपछि अत्यधिक वर्षा भएर फेरि बाढी र डुबानको स्थिती हुन सक्छ,’उनले भने ।

सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको मन्त्री लेखकले स्पष्ट पारे । ‘कुनै पनि प्रकारको विपद्लाई ठिक ढंगले सम्बोधन गर्न, व्यवस्थापन गर्न र नागरिकलाई परेको पीडामा सरकार गम्भीर भएर काम गर्छ भन्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु,’उनले भने ।

तराई–मधेसको संकटलाई सम्बोधन गर्न सरकारले साउन ८ गते सम्बन्धित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको जानकारी पनि उनले दिए । ‘आजको छलफलको उद्देश्य भनेकै त्यहाँका जिल्लाहरूको वास्तविक स्थितिबारे जानकारी लिनु, अहिले भैरहेका प्रयासहरूबारे समिक्षा गर्नु र थप के गर्न सकिन्छ भन्नेबारे निर्णय गर्नु हो,’गृहमन्त्री लेखकले भने ।

प्रकाशित मिति : २०८२, १० श्रावण शनिबार  १० : २१ बजे

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न

कोशीमा कार्की सरकारलाई बलियो साथ, ५७ सांसदले दिए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा आफ्नो

लुम्बिनीमा फेरियो सत्ता समीकरणको तस्बिर, नेकपाबाट तीन मन्त्री थपिँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदारीको सहमतिले आकार लिन