२०८२, ११ श्रावण आईतबार

केही मुठ्ठीभरका दलालले राज्य कब्जा गरेका छन् : अध्यक्ष प्रचण्ड

केही मुठ्ठीभरका दलालले राज्य कब्जा गरेका छन् : अध्यक्ष प्रचण्ड


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा व्याप्त दलाल पुँजीवाद र भ्रष्टाचारविरुद्ध एकताको आह्वान गरेका छन् ।

शनिबार राजधानीमा आयोजित पुष्पलाल जन्म शताब्दी तथा ४७ औँ स्मृति दिवसका अवसरमा आयोजित ‘निर्वासन’ कृतिको लोकार्पण समारोहमा बोल्दै प्रचण्डले पुष्पलाललाई एकताको केन्द्रबिन्दु बनाउँदै कम्युनिष्ट एकता गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘बितेका र राम्रो काम गरेका नेताहरूमध्ये पुष्पलाल मात्रै त्यस्ता नेता हुन् जसलाई सबैले सम्मान गर्छन् र उहाँको इतिहास अध्ययन गर्छन् । पुष्पलाललाई केन्द्रमा राखेर, उहाँलाई नेता मानेर एकताको प्रयास गरौं । अब अरुको आधारमा एकता हुने अवस्था छैन । म आफैँ त्यसको जिउँदो प्रमाण हुँ ।’

देशमा दलाल पुँजीपतिको वर्चस्व बढ्दै गएको उल्लेख गर्दै प्रचण्डले केही मुठ्ठीभर पूँजीपतिहरू र विचौलियाहरुले राज्य र अर्थतन्त्रलाई ध्वस्त पारिरहेको आरोप लगाए ।

‘नेपालमा अहिले दलाल पूँजीपतिहरू र विचौलियाहरूले राज्य कब्जा गर्दै छन्,’उनले भने, ‘आजको विकास र समृद्धिको यात्रामा मुख्य बाधक यही हो । अवस्था दयनीय छ । संघीय निजामती विधेयकमा भएको छेडछाड लाजमर्दो थियो, जसले सांसदहरूलाई समेत अपमानित गरायो ।’

उनले अहिलेको संकटको समाधानका लागि भ्रष्टाचार, दलाल पुँजीवाद र बिचौलिया प्रवृत्तिविरुद्ध सम्पूर्ण शक्तिहरू एक हुने संकल्प गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘आज भोलि दैनिय स्थिती छ । हामी विधायकातिर हेर्छौं । लाजमर्दो छ । अस्ति भर्खरै संघीय निजामती विधेयक माथि छेडखानी सबै सांसदहरु अपमानित हुने गरी चलखेल र छेड्खानी कसले गर्यो ? अहिले भ्रष्टाचार, दलाल पूँजीवादका विरुद्ध सम्पूर्ण एक हुने संकल्प गरौं र कम्युनिष्ट एकता पनि त्यहिबाट सुरु हुन सक्छ ।’

प्रकाशित मिति : २०८२, १० श्रावण शनिबार  १० : १७ बजे

ओलीले गरे बीपीको प्रशंसा : बीपीले नेपाल र भारतका लागि योगदान गरेका छन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बीपी कोइरालाले नेपालका लागि

२४ औं घण्टा विद्युत आपूर्ति गर्ने चाहना पूरा गर्न सकिएन : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले २४औं  घण्टा

राष्ट्र बैंकले लिएका नीतिबाट लाभ लिन आवश्यक छ : डेपुटी गभर्नर ढुंगाना

काठमाडौं । नेपाल राष्ट्र बैंकका सिनियर डेपुटी गभर्नर डा.निलम ढुंगाना

बिराटनगरका प्रवेश रिजाल अमेरिका भरिका १०० प्रभावशाली एआई नेताहरूको सूचीमा

न्यूयोर्क  । क्रस रिभर बैंकका प्रमुख डेटा तथा कृत्रिम बौद्धिकता

बिवाइडीको नयाँ मोडल सिलायन–७ सार्वजनिक, आकर्षक विशेषतासहित

काठमाडौं ।  नेपालका लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले