२०८३, २१ आश्विन बिहीबार

केही मुठ्ठीभरका दलालले राज्य कब्जा गरेका छन् : अध्यक्ष प्रचण्ड

केही मुठ्ठीभरका दलालले राज्य कब्जा गरेका छन् : अध्यक्ष प्रचण्ड


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा व्याप्त दलाल पुँजीवाद र भ्रष्टाचारविरुद्ध एकताको आह्वान गरेका छन् ।

शनिबार राजधानीमा आयोजित पुष्पलाल जन्म शताब्दी तथा ४७ औँ स्मृति दिवसका अवसरमा आयोजित ‘निर्वासन’ कृतिको लोकार्पण समारोहमा बोल्दै प्रचण्डले पुष्पलाललाई एकताको केन्द्रबिन्दु बनाउँदै कम्युनिष्ट एकता गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘बितेका र राम्रो काम गरेका नेताहरूमध्ये पुष्पलाल मात्रै त्यस्ता नेता हुन् जसलाई सबैले सम्मान गर्छन् र उहाँको इतिहास अध्ययन गर्छन् । पुष्पलाललाई केन्द्रमा राखेर, उहाँलाई नेता मानेर एकताको प्रयास गरौं । अब अरुको आधारमा एकता हुने अवस्था छैन । म आफैँ त्यसको जिउँदो प्रमाण हुँ ।’

देशमा दलाल पुँजीपतिको वर्चस्व बढ्दै गएको उल्लेख गर्दै प्रचण्डले केही मुठ्ठीभर पूँजीपतिहरू र विचौलियाहरुले राज्य र अर्थतन्त्रलाई ध्वस्त पारिरहेको आरोप लगाए ।

‘नेपालमा अहिले दलाल पूँजीपतिहरू र विचौलियाहरूले राज्य कब्जा गर्दै छन्,’उनले भने, ‘आजको विकास र समृद्धिको यात्रामा मुख्य बाधक यही हो । अवस्था दयनीय छ । संघीय निजामती विधेयकमा भएको छेडछाड लाजमर्दो थियो, जसले सांसदहरूलाई समेत अपमानित गरायो ।’

उनले अहिलेको संकटको समाधानका लागि भ्रष्टाचार, दलाल पुँजीवाद र बिचौलिया प्रवृत्तिविरुद्ध सम्पूर्ण शक्तिहरू एक हुने संकल्प गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘आज भोलि दैनिय स्थिती छ । हामी विधायकातिर हेर्छौं । लाजमर्दो छ । अस्ति भर्खरै संघीय निजामती विधेयक माथि छेडखानी सबै सांसदहरु अपमानित हुने गरी चलखेल र छेड्खानी कसले गर्यो ? अहिले भ्रष्टाचार, दलाल पूँजीवादका विरुद्ध सम्पूर्ण एक हुने संकल्प गरौं र कम्युनिष्ट एकता पनि त्यहिबाट सुरु हुन सक्छ ।’

प्रकाशित मिति : २०८२, १० श्रावण शनिबार  १० : १७ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक