२०८२, १८ मंसिर बिहीबार

वागमतीमा कांग्रेसका चार मन्त्रीको सामूहिक राजीनामा

वागमतीमा कांग्रेसका चार मन्त्रीको सामूहिक राजीनामा


काठमाडौं । वागमती प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारजना मन्त्रीले शुक्रबार सामूहिक रूपमा राजीनामा दिएका छन्। राजीनामा दिने मन्त्रीहरूमा युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ रहेका छन्।

चारैजना मन्त्रीले मुख्यमन्त्री शालिकराम जम्मकटेलसमक्ष राजीनामा बुझाएको बताइएको छ। उनीहरू सबै नेपाली कांग्रेसबाट वागमती सरकारमा सहभागी भएका थिए। यद्यपि, राजीनामाको स्पष्ट कारण भने सार्वजनिक गरिएको छैन।

विश्वस्त स्रोतका अनुसार केही दिनअघि ती मन्त्रीहरूले पार्टी सभापति शेरबहादुर देउवासँग काठमाडौंमा भेट गरेका थिए। सो भेटपछि उनीहरूले आन्तरिक रणनीति अनुसार एकसाथ पदत्याग गरेका हुन सक्ने आँकलन गरिएको छ।

नेपाली कांग्रेस वागमती प्रदेश संसदीय दलको बैठकले सरकारमा सहभागिताको समीक्षा गर्ने निर्णय गरेसँगै राजीनामा प्रक्रिया अघि बढाइएको हो भन्ने टिप्पणीहरू पनि आएका छन्। राजीनामापछि वागमती प्रदेशको सत्ता समीकरणमा असर पर्ने देखिएको छ।

यस घटनालाई नेपाली कांग्रेसभित्र बढ्दो असन्तोषको संकेतका रूपमा पनि हेरिएको छ। प्रदेश सरकार सञ्चालनमा कांग्रेसको माग र सुझावलाई बेवास्ता गरिएको भन्ने गुनासो यसअघि सार्वजनिक हुँदै आएको थियो।

प्रकाशित मिति : २०८२, ९ श्रावण शुक्रबार  ४ : १७ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको