२०८३, ९ भाद्र बुधबार

वागमतीमा कांग्रेसका चार मन्त्रीको सामूहिक राजीनामा

वागमतीमा कांग्रेसका चार मन्त्रीको सामूहिक राजीनामा


काठमाडौं । वागमती प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारजना मन्त्रीले शुक्रबार सामूहिक रूपमा राजीनामा दिएका छन्। राजीनामा दिने मन्त्रीहरूमा युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ रहेका छन्।

चारैजना मन्त्रीले मुख्यमन्त्री शालिकराम जम्मकटेलसमक्ष राजीनामा बुझाएको बताइएको छ। उनीहरू सबै नेपाली कांग्रेसबाट वागमती सरकारमा सहभागी भएका थिए। यद्यपि, राजीनामाको स्पष्ट कारण भने सार्वजनिक गरिएको छैन।

विश्वस्त स्रोतका अनुसार केही दिनअघि ती मन्त्रीहरूले पार्टी सभापति शेरबहादुर देउवासँग काठमाडौंमा भेट गरेका थिए। सो भेटपछि उनीहरूले आन्तरिक रणनीति अनुसार एकसाथ पदत्याग गरेका हुन सक्ने आँकलन गरिएको छ।

नेपाली कांग्रेस वागमती प्रदेश संसदीय दलको बैठकले सरकारमा सहभागिताको समीक्षा गर्ने निर्णय गरेसँगै राजीनामा प्रक्रिया अघि बढाइएको हो भन्ने टिप्पणीहरू पनि आएका छन्। राजीनामापछि वागमती प्रदेशको सत्ता समीकरणमा असर पर्ने देखिएको छ।

यस घटनालाई नेपाली कांग्रेसभित्र बढ्दो असन्तोषको संकेतका रूपमा पनि हेरिएको छ। प्रदेश सरकार सञ्चालनमा कांग्रेसको माग र सुझावलाई बेवास्ता गरिएको भन्ने गुनासो यसअघि सार्वजनिक हुँदै आएको थियो।

प्रकाशित मिति : २०८२, ९ श्रावण शुक्रबार  ४ : १७ बजे

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा

रसुवा बाढी : नेपाली सेना र निजी क्षेत्रले गर्यो ११४ जनाको हवाई उद्धार 

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै

रसुवा बाढी व्यवस्थापनका लागि कांग्रेसले बनायो समन्वय समिति

काठमाडौं । नेपाली कांग्रेसले रसुवामा आएको भीषण बाढीपछि उद्धार, राहत

बाढीपहिरोका कारण कांग्रेसको महिला उद्यमशीलता सम्मेलन स्थगित

काठमाडौं । देशका विभिन्न स्थानमा बाढी तथा प्रतिकूल मौसमका कारण

रसुवा बाढी प्रभावितलाई डब्ल्युएचओको स्वास्थ्य सामग्री सहयोग, १ हजार जनाका लागि औषधि पठाइँदै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आएको