२०८२, २५ फाल्गुन मंगलबार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुडीद्वारा एक वर्षे कार्यकालका उपलब्धि सार्वजनिक

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुडीद्वारा एक वर्षे कार्यकालका उपलब्धि सार्वजनिक


काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह (सुडी) ले आफ्नो एक वर्षे कार्यकालमा हासिल गरिएका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेका छन्।

सिंहदरबारमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री सुडीले मन्त्रालयको काम, नीतिगत सुधार, सेवा प्रवाह र सामाजिक सरोकारसँग जोडिएका विभिन्न कार्यक्रमको प्रगति विवरण सार्वजनिक गरेका हुन्। उहाँले मन्त्रालयले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको संरक्षण, सशक्तीकरण र पुनस्र्थापनामा ठोस प्रगति गरेको दाबी गर्नुभयो ।

प्रमुख उपलब्धिहरू:

  • १३२ जना दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार।
  • ६५९० हराएका बालबालिकामध्ये ५८३१ जनाको पारिवारिक पुनर्मिलन तथा ३८३ बेवारिस बालबालिकाको उद्धार।
  • भारतबाट ७१ नेपाली बालबालिकाको उद्धार र स्वदेश फिर्ती।
  • राष्ट्रिय अपाङ्ग कोषमार्फत २७२ थान सहायक सामग्री वितरण र ७५ जनालाई आवासीय पुनस्र्थापना सेवा।
  • अपाङ्गता नीति कार्यान्वयनका लागि विस्तृत कार्ययोजना मस्यौदा तयार।

त्यसैगरी, भक्तपुर, मोरङ, कास्की र बाँकेका बाल सुधार गृहहरूको मर्मत कार्य सम्पन्न भई अबदेखि ती सुधार गृह सरकारद्वारा सञ्चालन हुने जनाइएको छ। ढकालटारमा नयाँ सुधार गृह भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

कानुनी तथा रणनीतिक पहल:

  • बाल विवाह अन्त्य रणनीति २०८२ मन्त्रिपरिषदमा पेश।
  • मानव बेचबिखन तथा बालबालिका सम्बन्धी ऐन संशोधनका लागि विधेयक प्रतिनिधिसभामा दर्ता।
  • सडक बालबालिका मुक्त अभियानअन्तर्गत विशेष संरक्षण निर्देशिका स्वीकृत।

हिंसा पीडित महिलाका लागि सेवा:

  • मंगला सहाना केन्द्रमार्फत १८ जनालाई दीर्घकालीन पुनस्र्थापना सेवा।
  • महिलाविरुद्धको हिंसा अन्त्यका लागि ‘सोंच’ नामक टेलिश्रृङ्खला नेपाल टेलिभिजनबाट प्रशारण।

महिला उद्यमीको सम्मान:

  • सातै प्रदेशका एक/ एक महिला उद्यमीलाई नगद रु १ लाख र कदरपत्र प्रदान।

वैदेशिक सहयोग र पूर्वाधार विकास :

  • समाज कल्याण परिषद्मार्फत ६१ अर्ब ९७ करोड बराबरको वैदेशिक सहयोग स्वीकृति।
  • पछिल्लो पाँच वर्षमा २६९५ परियोजनामा झण्डै ४१ अर्ब रुपैयाँ बराबरको सहयोग।
  • नेपाल प्रहरीअन्तर्गत ११ सेवा केन्द्र र ३ दीर्घकालीन पुनस्र्थापना केन्द्रको निर्माण प्रक्रिया अघि बढाइएको।
  • १७ वटा संघीय मन्त्रालयका भवनहरूको पहुँच परीक्षण सम्पन्न गरी प्रतिवेदन सम्बन्धित निकायमा पठाइएको।

बजेट कार्यान्वयन :

आर्थिक वर्ष २०८१/८२ मा मन्त्रालयको १ अर्ब ३० करोड रुपैयाँ बजेटमध्ये ५०.१६ प्रतिशत खर्च भएको मन्त्री सुडीले जानकारी दिए। मन्त्री सुडीले सामाजिक न्याय र समावेशी विकासको आधार तयार पार्ने दिशा तर्फ मन्त्रालय गम्भीर ढंगले क्रियाशील रहेको उल्लेख गर्दै आगामी दिनमा पनि अझ प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्धता जनाउनुभयो।

प्रकाशित मिति : २०८२, ८ श्रावण बिहीबार  ५ : ३७ बजे

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा

मध्यपूर्वको तनाव अन्त्यबारे ट्रम्प-पुटिनबीच कुराकानी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भइरहेको अमेरिकी सैन्य

संखुवासभामा एमालेको जित, अर्जुन कार्की ६३६ मतले विजयी

काठमाडौं । संखुवासभा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेले जित हासिल

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको राजीनामा, कार्यवाहक अध्यक्षमा हिदम लामा

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल