२०८२, १८ मंसिर बिहीबार

बाजुराको हिमालीमा जीप दुर्घटना, तीनको मृत्यु, गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत सुर्खेत पठाइयो

बाजुराको हिमालीमा जीप दुर्घटना, तीनको मृत्यु, गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत सुर्खेत पठाइयो


बाजुरा । बाजुराको हिमाली गाउँपालिका–५ मा बिहीबार बिहान भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। गम्भीर घाइतेहरूलाई सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बा.प्र.०३००१ ज ०३३८ नम्बरको जीप क्युडीबाट धुलाचौरतर्फ जाँदै गर्दा कच्ची र साँघुरो सडकमा अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा परि घटनास्थलमै तीन जनाको मृत्यु भएको पुष्टि गरिएको छ भने १३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका गौरी बुढा (चालक), बाँचधन रोकाया, रामबहादुर बुढ्थापा र सुरेन्द्र शाहीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत हिमाली गाउँपालिकाको तिथिचौरबाट उद्धार गरी सुर्खेत रेफर गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शितल रावलले जानकारी दिनुभयो। उहाँका अनुसार अन्य मध्यम घाइतेहरूलाई कोल्टी अस्पतालमा उपचारका लागि लगिएको छ भने अत्यधिक गम्भीर घाइतेहरूलाई दोस्रो चरणमा उद्धार गर्ने तयारी भइरहेको छ।

दुर्घटनामा परेका अधिकांश व्यक्ति सामाजिक सुरक्षा भत्ता नविकरणका लागि वडा कार्यालय जाँदै थिए। दुर्घटनापछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको सहयोगमा तत्काल उद्धार कार्य शुरु गरिएको थियो। प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८२, ८ श्रावण बिहीबार  ५ : २५ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको