२०८३, १९ आश्विन मंगलबार

बाजुराको हिमालीमा जीप दुर्घटना, तीनको मृत्यु, गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत सुर्खेत पठाइयो

बाजुराको हिमालीमा जीप दुर्घटना, तीनको मृत्यु, गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत सुर्खेत पठाइयो


बाजुरा । बाजुराको हिमाली गाउँपालिका–५ मा बिहीबार बिहान भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। गम्भीर घाइतेहरूलाई सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बा.प्र.०३००१ ज ०३३८ नम्बरको जीप क्युडीबाट धुलाचौरतर्फ जाँदै गर्दा कच्ची र साँघुरो सडकमा अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा परि घटनास्थलमै तीन जनाको मृत्यु भएको पुष्टि गरिएको छ भने १३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका गौरी बुढा (चालक), बाँचधन रोकाया, रामबहादुर बुढ्थापा र सुरेन्द्र शाहीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत हिमाली गाउँपालिकाको तिथिचौरबाट उद्धार गरी सुर्खेत रेफर गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शितल रावलले जानकारी दिनुभयो। उहाँका अनुसार अन्य मध्यम घाइतेहरूलाई कोल्टी अस्पतालमा उपचारका लागि लगिएको छ भने अत्यधिक गम्भीर घाइतेहरूलाई दोस्रो चरणमा उद्धार गर्ने तयारी भइरहेको छ।

दुर्घटनामा परेका अधिकांश व्यक्ति सामाजिक सुरक्षा भत्ता नविकरणका लागि वडा कार्यालय जाँदै थिए। दुर्घटनापछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको सहयोगमा तत्काल उद्धार कार्य शुरु गरिएको थियो। प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८२, ८ श्रावण बिहीबार  ५ : २५ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि