२०८२, २ फाल्गुन शनिबार

‘विद्या भण्डारीको आग्रहमा भेट भएको हो, पार्टीभित्र मतभेद छैन’

‘विद्या भण्डारीको आग्रहमा भेट भएको हो, पार्टीभित्र मतभेद छैन’


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीसँग सोमबार भएको भेटबारे केन्द्रीय कमिटीको बैठकमा ब्रिफिङ गरेका छन् ।

च्यासलमा जारी बैठकमा ओलीले पूर्वराष्ट्रपति भण्डारीको आग्रहमा नै भेटघाट भएको जनाइएको छ । उनले एमालेलाई विभाजित गर्ने तत्व सक्रिय रहेकोदेखि सरकारले गरिरहेको कामको सन्दर्भमा खुलस्त छलफल भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए  । उनले भने, ‘पूर्वराष्ट्रपति विद्या भण्डारीको आग्रहमा नै हिजो पार्टी कार्यालयमा भेट भएको हो । भेटका क्रममा एमालेलाई विभाजित गर्ने तत्व सक्रिय रहेकोबारे र सरकारले गरिरहेको कामको सन्दर्भमा खुलस्त छलफल भएको छ ।’ त्यस्तै बैठकमा ओलीले मिसन ०८४ एमालेलाई निर्णायक शक्ति बनाउनेगरी पार्टीपंक्तिलाई प्रस्तुत हुन निर्देशन दिए ।

गौतमले भने, ‘पार्टीकको सिंगो पंक्तिलाई एउटा निर्णायक शक्ति बनाउनेगरी मिसन ८४ मा प्रस्तुत हुनुपर्ने भएकोले पार्टीमा कुनै वैचारिक र नीतिगत विभाजन नभएको हुनाले कुनै मतभेद भए खुलस्त गर्न निर्देशन दिनुभएको छ ।’ बैठकमा चौतर्फी आक्रमणबाट पार्टीलाई जोगाउनको लागि सिंगो पंक्ति एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा ओलीले राखेको उनले जानकारी गराए ।

राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन हुन्छ कि हुँदैन भन्ने विषयमा आफ्नो तर्फबाट अहिले चलिरहेको अभ्यासबारे स्पष्ट दृष्टिकोण राखेको बताउँदै उनले पार्टी सदस्यताका विषयमा पनि धेरै विवाद गर्नुपर्ने नभएकाले आवश्यक छलफल गरेर केन्द्रीय कमिटीबाटै निर्णय लिने बताए ।

प्रकाशित मिति : २०८२, ५ श्रावण सोमबार  ११ : ५६ बजे

कोराबाटै मतदातासँगै छु, भन्छन् एमाले उम्मेदवार विनोद ढकाल

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य पदका

एमालेले भन्यो-भ्रम नरहोस्, जेनजीका जायज मागको विरोध गरेका छैनौँ : मीनबहादुर शाही

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का आम निर्वाचन प्रचार

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड