२०८३, २१ जेष्ठ शुक्रबार

पूर्वराष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटघाट एमालेका लागि महत्वपूर्ण छ : भट्टराई

पूर्वराष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटघाट एमालेका लागि महत्वपूर्ण छ : भट्टराई


काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री एवं केपी शर्मा ओलीको भेटघाट नेकपा एमालेको लागि महत्वपूर्ण रहेको बताएका छन् ।

आइतबार पार्टी कार्यालय च्यासलमा पत्रकारहरुसँग कुरा गर्दै उनले विभिन्न बैठकमा नेताहरुले पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कने कुरा पार्टी अध्यक्षसँग छलफल हुनुपर्ने धारणाको प्रतिफल आजको भेटघाट रहेको भन्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘हाम्रो केन्द्रिय सचिवालयको बैठक र पोलिटब्युरो सदस्यहरुको बैठकमा पार्टीका नेताहरुले आफ्नो कुरा राखे । अहिलेको बहस पूर्वराष्ट्रपतिज्यू पार्टीको सक्रिय राजनीतिमा फर्कने र पार्टीमा भुमिका खेल्ने कुरामा प्रधानमन्त्री एवं पार्टी अध्यक्षबीच छलफल हुनुपर्छ भन्ने आएपछि आजको भेटघाट त्यसैको पृष्ठभुमि हो । यो भेटघाट नेकपा एमालेको लागि महत्वपूर्ण छ ।’

उनले पूर्वराष्ट्रपति भण्डारीको सदस्य नवीकरण प्राविधिक कुरा भएकोले यसमा बहस गरिरहन नपर्ने समेत बताए ।
उनले भने, ‘सदस्यता नवीकरण प्राविधिक कुरा हो । प्राविधिक कुरा टुङगिनु भन्दा पहिले राजनीतिक कुरा टुङगिनु पर्छ । राजनीतिक कुरा टुङगियो भने प्राविधिक कुरा त्यो अनुसार मिलाउने हो । यो सदस्य नवीकरण भएको छ कि छैन, अभिलेखमा छ कि छैन भन्ने कुरामा गरिरहनु आवश्यक छैन । राजनीतिक कुरा टुङगियो मान्नुस् कि पूर्व पूर्वराष्ट्रपतीज्यु पार्टीको सक्रिय राजनीतिकमा फर्किने उहाँलाई सम्मानजनक स्थानमा भूमिका दिने हो भने आज नवीकरण भएको छैन भने पनि भोली नवीकरण गर्न सकिन्छ ।’

उनले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किनु उचित नभए नवीकरण भएपनि निस्क्रिय हुने बताए ।
‘यदि राजनीतिमा फर्किनु उचित छैन भन्ने भयो भने नवीकरण नै भएको छ भने पनि निस्क्रिय हुन्छ होला । प्राविधिक कुरामा धेरै बहस गर्नु आवश्यक नै छैन । गीत–संगीत तयार भएपछि पो कसरी नाच्ने भन्नु कुरा आउँछ ।’ उनले भने ।

प्रकाशित मिति : २०८२, ४ श्रावण आईतबार  ८ : ४० बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति

राष्ट्रिय सभा बैठकमा विपक्षीको अवरोध, सीमासम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको भनिएको सीमासम्बन्धी अभिव्यक्तिलाई